नेभिगेशन
समाज

परिवर्तनको ‘शंखनाद’ फागुन २१, केन्द्रमा मधेश

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको रापले सबैलाई छोइसकेको छ । देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा चुनावी तापक्रम बढेको छ । नयाँ–पुराना सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू आफ्ना चुनावी मुद्दा बोकेर मतदाताको घरदैलो र खेतबारीमै पुगिरहेका छन् । कसैले मतदाताको गुनासो सुनेर त कसैले विकास र सुशासनका प्रतिबद्धता बाँडेर मतदाता रिझाउँदैछन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो त अहिलेको पृष्ठभूमि हो । तर जुन परिवेशमा यो निर्वाचन हुन गइरहेको छ, यसले दूरगामी अर्थ बोकेको छ। वर्षौंदेखि नागरिकले व्यहोरेका चरम निराशा र बेथितिलाई किनारा लगाउने परिवर्तनको शंखनाद खोजेको छ। आगामी निर्वाचनले कुशासन र भ्रष्टाचारविरुद्ध डटेर उभिने र जनताको भावना र हितमा केन्द्रित भई काम गर्ने असल प्रतिनिधि खोजिरहेको छ। किनकि यसको जग नै जेन–जी सहिदको रगतमा टेकेर बनेको छ  । 

Extreme Energy
citizen life

मूल विषयतर्फ प्रवेश गर्छु। निर्वाचन कोर्षको केन्द्रभागमा अहिले सबैभन्दा बढी बालेनकै बोलबाला छ। त्यसअर्थमा चर्चा र विरोध पनि बालेनकै हुनुलाई अस्वाभाविक मान्न सकिँदैन। यस निर्वाचनलाई धेरैले धेरै कोणबाट व्याख्यात्मक टिप्पणी गर्दै आफ्नो चित्त बुझाइरहेका छन्।

त्यसो त निर्वाचनलाई जनमतसंग्रहकै अर्को रुप मानिन्छ। त्यसले पनि आगामी निर्वाचनले धेरै ठूलो अर्थ र महत्व बोकेको छ। भदौ २३ र २४ को जेनजी आन्दोलनपछि फागुन २१ को निर्वाचनले मुलुकमा शान्ति र स्थायित्वसहितको परिवर्तन आउने स्वाभाविक अपेक्षा देखिन्छ। तर पछिल्लो पटक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘जलाउने र जोगाउने’बीचको जनमत संग्रह भन्दै जसरी जनतामाझ पुगेका छन्, जसरी उनले अर्थ्याएका छन्। यसले परिवर्तनभन्दा पनि यथास्थिति नै ठिक भन्नेमा उनी अझै अडिग छन्। अझ एमाले महासचिव शंकर पोखरेलले त जेनजी आन्दोलनलाई विदेशीले गराएको एउटा दुर्घटना भन्दै खुलेआम अन्तरवार्ता दिँदै हिँडिरहेका छन्। 

भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका कलिला बालकलाई विदेशी देख्ने ती एमालेजनहरूलाई भन्न चाहन्छु, अझै समय छ, जेनजी सहिदलाई श्रद्धाञ्जली देउ, सहानुभूति देउ, क्षमायाचना गर। अहिले पनि नसुध्रिने हो भने जनताले सुध्रिने मौका दिने छैन। त्यो समय अब धेरै दुर छैन। एमाले र ओलीका लागि जीवन्त प्रश्नहरू अझै पनि ताजै छन्। सिंहदरबार जलाउनेभन्दा पनि त्यस किसिमको परिस्थिति निम्त्याउने रचयिता को हुन् ? कसका कारणले भदौ २३ र २४ गतेको विध्वंश निम्तिएको हो ? कलिला बच्चाको हत्यारा को हुन् ? ओलीले जवाफस्वरुप हजारौं पटक प्रस्टीकरण दिए पनि नागरिकले ती पीडा भुलाउन सक्दैनन्। 

त्यति मात्र नभई जुन ढंगबाट आफ्ना प्रतिस्पर्धी उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई देखाएर ओलीले मधेशका धनुषा र महोत्तरी जिल्लाबासीलाई होच्याए। बालेन र त्यहाँको संस्कृतिमाथि एमाले सचिव महेश बस्नेतले जसरी प्रहार गरे। मधेशलाई यो कदापी सह्य छैन। ‘परिवर्तनको शंखनाद’को नारा मधेशबाटै लागेको हो र मधेशले हरेक चोटको जवाफ कुनै बेला ‘चुपचाप’ र कुनै बेला ‘जोरसे’ दिँदै आइरहेको छ। 

हो, यो समय निर्वाचनको हो। निर्वाचनका बेला सबैभन्दा बढी मतदानकै चर्चा हुन्छ। मतादाताका अपेक्षा र उम्मेदवारका आश्वासन के हुन् ? दलका प्रतिबद्धता र घोषणापत्रमा के छन् ?  यसैबारे थरी(थरीका बहस हुन्छन्। यही प्रशंगबारे चर्चा गरिरहँदा हरेक दलका लागि मधेश अपरिहार्य शक्ति हो। निर्वाचन नजिकिँदा मधेश सबैको प्यारो ठाउँ बन्न पुग्छ। बालेनदेखि गगनको रोजाइ मधेश बन्न पुग्नुले थप पुष्टि गरिरहनु पर्दैन। 

मधेशमा के भन्ने गरिन्छ भने मधेशको मत र मतदातालाई तान्न त्यति सजिलो छैन, जति अरू निर्वाचन क्षेत्र वा भुगोलमा सहज छ। यही बुझाइ र दृष्टिकोण बोकेर हिँडिरहेका कतिपयलाई रास्ट्रिय स्वतन्त्र पार्टीको जनकपुरमा आयोजित चुनावी सभाले झस्काइ दिएको छ। 

रवि र बालेनले मधेशमा गएर पुराना राजनीतिक शक्तिको गढमै प्रहार गर्न सफल भएको आम बुझाइ छ। काठमाडौँको बन्द कोठाबाट गरिएको चुनावी विश्लेषणले अझै पनि कांग्रेस र एमालेलाई पहिलो दल बनाउन सक्छ। कागजमा रास्वपालाई तेस्रो वा चौथो शक्ति बनाउन सक्छ। तर यथार्थ भने सोचेभन्दा भिन्न बनिसकेको छ। 

केहीदिन अघि सिरहा निर्वाचन क्षेत्र नम्बर ४ स्थित कर्जन्हा नगरपालिका बस्ने युवा समूहका मतदातासँग गरिएको कुराकानीमा आधारित तथ्य प्रस्तुत गर्छु। गत साता जनमत पार्टीले कर्जन्हा नगर भेला आयोजना गरेको थियो। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी परिवर्तन गरेर हालै जनमत पार्टीबाट उम्मेदवार बनेका विरेन्द्रप्रसाद महतोले नगर भेलालाई सम्बोधन गरेका थिए। उक्त भेलामा सहभागी ती युवाले पंक्तिकारसँग भनेका थिए– ‘म हर्न छाप (चुनाव चिन्ह) को प्रचार–प्रसारमा हिँडे पनि यसपटक भने मत परिवर्तनको सोचमा छु, बालेन मधेश आएपछि धेरै साथीहरूले मत परिवर्तन गर्ने भनिरहेका छन्, अहिलेलाई जुन पार्टीमा हिँडे पनि मनस्थिति बदलिएको छ।’ यसले के देखाउँछ भने रास्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर तपेश्वर यादवको पक्षमा माहोल बनेको छ। मतदातालाई आकर्षित गर्न चुनावी सक्रियता बढाएका इन्जिनियर यादवले परिवर्तनको पक्षमा मतदान गर्न अपिल गरिरहेका छन्। 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको अवस्था र प्रभावलाई भने कम आँक्न मिल्दैन। पटक(पटक सांसद जितेका राजकिशोर यादव यही क्षेत्रबाट उम्मेदवार छन्। पार्टीको बलियो संगठन र कार्यकर्तालाई परिचालन गर्नसक्ने, मधेशको राजनीतिक-सैद्धान्तिक विचारलाई प्रतिनिधित्व गर्नसक्ने भएकाले यादवको प्रभाव भने अरू दलभन्दा फरक देखिएको छ। 

सिरहा–४ मा नेकपा एमाले बलियो रहे पनि कार्यकर्ताको मनोबल निकै खुम्चिसकेको छ। किनकि रातरात नेकपाबाट पार्टी परिवर्तन गरि धर्मनाथ साहले एमालेबाट टिकेट लिएर उम्मेदवार बनेका छन् । यसले पनि एमालेमा खैलाबैलाको स्थिति छ । ओलीको असभ्य बोली र वाकपटुताले कार्यकर्तालाई मत माग्न असहज बनेको छ । यस क्षेत्रमा नेपाली कांग्रेस त पहिलेदेखि नै सबैभन्दा कमजोर दल हो। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अजयशंकर नायक छन्। तत्कालीन समयमा माओवादी केन्द्रको बलियो स्थिति रहे पनि यस क्षेत्रमा हाल कमजोर अवस्थामा छ। सिरहा निर्वाचन क्षेत्र नम्बर–४ त्यही निर्वाचन क्षेत्र हो, जहाँबाट नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष रहेका पुष्पकमल दाहालले २०७० सालको संविधान सभा  चुनाव जितेका थिए। निर्वाचनमा हार र जित एउटा प्रक्रिया हो। तर मत परिवर्तनको शंखनाद सिरहा–४ मा जसरी देखिएको छ, अरू सबै निर्वाचन क्षेत्रमा ठिक त्यस्तै देखिन्छ। 

मुख्य कुरा के हो भने मतदाताको मनोविज्ञान सधैँ एउटै रहँदैन। एउटै राजनीतिक दलमा केन्द्रित रहिरहँदैन। जनताले सरकारसँग वा राजनीतिक दलसँग खोजेको सुशासन हो, कुशासन होइन। थिति खोजेको हो बेथिति होइन। पारदर्शिता चाहिएको हो, भ्रष्टाचार होइन। विकास चाहिएको हो, भाषण र बहस होइन। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

लिग २ः स्कटल्याण्डविरुद्ध नेपाल टस हारेर फिल्डिङमा

नेपालका लागि कुशल भुर्तेल, भीम सार्की, इशान पान्डे र सोमपाल कामी बाहिर छन् । आसिफ र विनोद ओपनिङमा छन् भने अर्जुन कुमाल वान डाउन र कप्तान रोहित पौडेल...
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

विगतमा परीक्षा सम्पन्न भएको करिब तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको भए पनि यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा सुरु हुनुभन्दा पहिले नै बोर्डलाई एक...
९ महिनामा १६ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

९ महिनामा १६ खर्ब ५९ अर्ब रेमिट्यान्स भित्रियो, शोधनान्तर स्थिति ७ खर्ब ३१ अर्बले बचतमा

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव दुई प्रतिशतले बढेको थियो । विवरणअनुसार, गत चैत महिनामा विप्रेषण आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रुपैयाँ रहेको छ...