नेभिगेशन
समाज

च्यासलबाट हट्ने भो एमाले मुख्यालय

काठमाडौँ । सरकारले भोगाधिकार प्राप्त जग्गा र सो जग्गामा बनेका संरचना खाली गर्न सूचना जारी गरेपछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानले पनि छाड्नु पर्ने भएको छ । प्रतिष्ठानकै भवनमा अहिले एमालेको मुख्यालय छ ।

प्रतिष्ठानले जग्गा खाली गर्दा एमालेले मुख्यालय पनि स्वतः हट्ने भएको छ । पहिले भोगाधिकार लिएको जग्गालाई सरकारले लिज प्रक्रियामा आउन भने पनि लिजमा सहभागी नभएका कुनै पनि संस्थाले अब जग्गा खाली गर्नुपर्ने र बनेका संरचना हटाउनुपर्ने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी कार्यनीति, २०७९ दोस्रो संशोधनसहित’ को दफा २१ को उपदफा २ बमोजिम भोगाधिकार प्राप्त भएको र हालसम्म लिजमा परिणत नगरेको जग्गा तत्काल खाली गर्न निर्देशन दिएको छ हो ।

Ncell
Extreme Energy

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘मिति २०७३ जेठ ३१ र मिति २०७४ वैशाख २१ मा तत्कालीन भूमिसुधार तथा व्यवस्थापन विभागबाट प्रकाशित भएको सूचनाको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरुले भोगाधिकार लिएको जग्गाको भोगाधिकार स्वतः समाप्त भइसकेकोले सम्झौताको शर्तबमोजिम तिर्न बुझाउन बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्तो जग्गा र त्यसमा निर्मित संरचनासमेत तत्काल खाली गर्न भोगाधिकार लिने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानको नाममा २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृत गराएर १२ रोपनी ६ आना पाँच पैसा तीन दाम जग्गा भोगचलन गर्दै आएको छ ।

मन्त्रालयले भोगाधिकार सकिएका तर लिज प्रक्रियामा सहभागी नभएका ३४२ संस्थाको नाम र उनीहरुले प्रयोग गरिरहेको जग्गाको विवरण पनि संकलन गरेको छ । त्यही सूचीको १३० नम्बरमा तुल्सीलाल स्मृति प्रतिष्ठानको नाम छ र आवश्यक कारबाहीका लागि मालपोत कार्यालय ललितपुरलाई भनिएको छ । नियमअनुसार भोगाधिकार लिएको जग्गा वा भवनलाई भोगाधिकार लिने संस्थाले भाडामा वा व्यापारिक प्रयोजनमा लगाउन पाउने छैन ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता अमात्यको नाममा स्थापित प्रतिष्ठानलाई भोगाधिकारका लागि दिइएको जग्गामा प्रतिष्ठानले नै भवन बनाएको थियो भने प्रतिष्ठानले उक्त भवन केही वर्षदेखि एमालेलाई भाडामा लगाइरहेको छ । २०७२ सालको भूकम्पले बल्खुस्थित एमालेको कार्यालय भत्किएपछि तेस्रो पटक कार्यालय सार्दै एमाले च्यासल पुगेको हो । च्यासल पुग्नुअघि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान र थापाथलीस्थित एक व्यापारीको घरमा कार्यालय राखेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेकपा बहुमतले सुरु गर्‍यो व्यवसायी धम्क्याउँदै चन्दा असुली

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचौँ अधिवेशनका नाममा व्यापारीहरूसँग चन्दा असुल्न थालेको छ ।
रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

रोल्पा पहिरोमा ७ जनाको मृत्यु भएपछि रास्वपाले सरकारको ध्यानाकर्षण गरायो

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ गाउँपालिका–५, कोतलाबाङमा गएको भीषण पहिरोमा परी ७ जनाको मृत्यु र ५ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार र खोजी...
रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८  जना अझै बेपत्ता

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, ८ जना अझै बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। पहिरोमा परी ८ जना बेपत्ता भएका छन् भने दुई जना...
राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

राजा ज्ञानेन्द्रले सकेनन्, अरूले सक्छ यहाँ? : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका कानुनी कारबाही र पक्राउको प्रयासप्रति प्रश्न उठाउँदै पूर्वराजा ज्ञानेन्द्रले समेत आफूलाई जेलमा राख्न नसकेको भन्दै ‘राजा ज्ञानेन्द्रले सकेन, अरूले सक्छ यहाँ?’...