नेभिगेशन
समाज

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

काठमाडौँ । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन्।

पक्राउ परेका श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमाबाट संचालक श्रेष्ठसँगै ९०५ कार्टुन तेलसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भोटेकोशी बाढीपीडितलाई पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न बन्यो समिति

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति...
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
सभापति रसुवा लागेपछि सर्‍यो कांग्रेस बैठक

सभापति रसुवा लागेपछि सर्‍यो कांग्रेस बैठक

भोलि (शनिबार) दिउँसो १ बजेका लागि बोलाइएको बैठक पर्सि (आइतबार) दिउँसो १ बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

सरकारी कोषलाई राहत चाहिएको होइन, पीडितलाई चाहिएको हो : ओली

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद्का बेला सरकारी कोषमा रकम जम्मा गर्नुभन्दा पीडितसम्म तत्काल राहत पुर्‍याउन प्राथमिकता दिनुपर्ने बताएका छन्।