नेभिगेशन
समाज

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

काठमाडौँ । सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन्।

पक्राउ परेका श्रेष्ठ छहारी र ओमकार ब्रान्डको सूर्यमुखी तेल उत्पादक कम्पनी ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्रेष्ठ संचालक रहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखि प्याकेजिङ्ग गरी बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरी अनुसन्धानका क्रममा तोकिएको मापदण्डभन्दा कम तौल भएको फेला परेपछि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Ncell
Extreme Energy

ओमकार आयल इन्डस्ट्रिज ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ लेलेमाबाट संचालक श्रेष्ठसँगै ९०५ कार्टुन तेलसमेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सडक सम्पर्क टुटेका बस्तीमा ड्रोनबाट राहत

सडक सम्पर्क टुटेका बस्तीमा ड्रोनबाट राहत

बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखा र रसुवाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्‍याउन थालिएको छ।
झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु, एक जना घाइते

झापाको बाह्रदशी गाउँपालिका–२, जनता चोकमा हात्तीको आक्रमणबाट ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ। आक्रमणमा परी ७३ वर्षीय झक्कु राजवंशी गम्भीर घाइते भएका छन्।
बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

बुढीगण्डकी रोक्ने होइन, जोखिमप्रतिरोधी बनाएर अघि बढाउनुपर्छ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् परियोजना रोक्नुभन्दा प्राकृतिक जोखिमलाई ध्यानमा राखेर एकीकृत विकास योजनासहित अघि बढाउनुपर्ने बताएका छन्।
रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

रेडक्रसद्वारा हेलिकोप्टरबाट गर्भवतीको उद्धार

गोरखाको धार्चे गाउँपालिका–३, उहियामा ज्यान जोखिममा रहेकी २१ वर्षीया गर्भवती सुस्मि घलेलाई नेपाल रेडक्रसले हेलिकोप्टरमार्फत उद्धार गरेको छ।