नेभिगेशन
समाज

रास्वपाले गठन गर्याे ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी संघीय निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। केन्द्रीय समितिको निर्णयअनुसार उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा समिति गठन गरिएको रास्वपाले जनाएकाे छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्। पार्टी संगठन सुदृढ गर्दै प्रतिनिधि सभामा आवश्यक शक्ति र संख्या प्राप्त गर्ने उद्देश्यसहित समिति गठन गरिएको पार्टीले जनाएको छ ।

Ncell
Extreme Energy

समितिमा सातै प्रदेशबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू समेटिएका छन्। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट नेताहरूलाई समावेश गरिएको छ।

प्रदेशगत सदस्यहरू

१. कोशी प्रदेश
उपेन्द्र पाण्डे, लक्ष्मी बडेरु, ओमनाथ भण्डारी, चन्द्रशेखर सापकोटा, पुष्कर थापा, निरज गौली, रविकुमार थपलिया

२. मधेश प्रदेश
डा. मनीषा यादव, मोहमद अयुब, महेन्द्रराज पोखरेल, यम श्रेष्ठ, प्रदीप निल्लेवा (साजन), मनबहादुर लामा

३. बागमती प्रदेश
सरिता ज्ञवाली, डा. अरनिको पाँडे, सुरज प्रधान, लय बिष्ट, प्रकाश आचार्य, दीपक विश्वकर्मा, सुमन विक्रम पाण्डे

४. गण्डकी प्रदेश
मयाराज अधिकारी, प्रदीप पाण्डे, हरि जोशी, प्रतिला शिवा भण्डारी, गोकुल सापकोटा, कृष्णमान श्रेष्ठ, हरिराज पडुवासैनी

५. लुम्बिनी प्रदेश
अर्जुन अधिकारी, इस्राइलुल्ला मियाँ, मोहन क्षेत्री, गोपाल घिमिरे, महेन्द्र गुप्ता, कल्पना पाण्डे, हरि प्रसाद रिजाल

६. कर्णाली प्रदेश
श्यामबाबु गौतम, डा. प्रभात अधिकारी, गणेशदत्त दर्कोटा, इ. शंकर ढकाल, सुशील अधिकारी, साजन विक

७. सुदूरपश्चिम प्रदेश
डा. कृष्ण भट्टराई, लक्ष्मण थारु, खेमराज साउद, शिवराज पन्त, कविन्द्र ठकुल्ला, कृष्ण न्यौपाने, जनकुमारी शिवा

तीन विशेष उपसमिति पनि गठन

यसैगरी, संघीय निर्वाचन सम्पादन समितिअन्तर्गत तीन वटा विशेष उपसमिति पनि गठन गरिएको छ।
पार्टी संगठन तथा उम्मेदवारहरूबीच समन्वय गर्ने उद्देश्यले केन्द्रीय समन्वय उपसमिति, सुरक्षा तथा अन्य प्रशासनिक कामका लागि प्रशासनिक समन्वय उपसमिति, र सूचना संकलन तथा सञ्चार माध्यमसँग समन्वय गर्ने सञ्चार समन्वय उपसमिति गठन गरिएको हो ।

१. केन्द्रीय समन्वय उपसमिति
– संयोजक: रामकृष्ण भट्टराई
– सदस्य: शिव नेपाली, होषण महतो
(पार्टी संगठन तथा उम्मेदवारहरूबीच आन्तरिक समन्वय गर्ने जिम्मेवारी)

२. प्रशासनिक समन्वय उपसमिति
– संयोजक: विष्णु कुमार श्रेष्ठ
– सदस्य: डा. चन्दा काकी, विदुर खड्का
(सुरक्षा तथा निर्वाचनसम्बन्धी कार्यमा नेपाल सरकारका निकायसँग समन्वय)

३. सञ्चार समन्वय उपसमिति
– संयोजक: प्रतिभा रावल
– सदस्य: असिम साह, वीरेन्द्र कुमार महतो, मिलन लिम्बु
(सूचना संकलन, केन्द्रीकरण र सञ्चार माध्यमसँग समन्वय) 

तल्लो तहसम्म समिति गठन

पार्टीले प्रदेश स्तरमा २१ सदस्यीय प्रदेश निर्वाचन सम्पादन समिति, जिल्ला स्तरमा १५ सदस्यीय जिल्ला निर्वाचन सम्पादन समिति तथा निर्वाचन क्षेत्र स्तरमा पनि निर्वाचन सम्पादन समिति गठन गर्ने निर्णय गरेको छ। प्रदेश सभापति, जिल्ला सभापति वा उम्मेदवारले तोकेको संयोजकको नेतृत्वमा ती समितिहरू गठन गरिने व्यवस्था गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई संगठित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्न यी सबै समिति तथा उपसमितिहरू सक्रिय रूपमा परिचालन गर्ने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै