नेभिगेशन
सबै कुरा

पाटेबाघ मारेकाे आराेपमा एक जना पक्राउ

चितवन । पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको हो ।

Ncell
Extreme Energy

न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिरसमेत प्राप्त भएको पन्तले जानकारी दिए । पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको उनले बताए । 

बाघलाई पासो थाप्न जाने क्रममा गत कात्तिक २ मा स्थानीय ६२ वर्षीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरी मारेको थियो । थिङको मृत्यु पश्चात पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको थियो । सोही प्रकरणमा न्यौपानेलाई गत कात्तिक २९ गते नै पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...