नेभिगेशन
सबै कुरा

भेप सुन तस्करी प्रकरण : राहुल महरा लगायतको मुद्दा न्यायाधीश दण्डपाणि शर्माको इजलासमा

काठमा‍डाैँ : भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश दण्डपाणि शर्माको ६ नम्बर इजलासमा परेकाे छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पूर्वसभामूख कृष्ण बहादुर महराका छोरा राहुल महरा लगायत अन्य ३ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियाे । 

Extreme Energy

भेपमा लुकाई सुन तस्करी गरेको प्रकरणमा केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार राहुल महरासहित तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेल र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो । 

उनीहरुविरुद्ध भन्सार ऐन, २०६४ र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ । 

त्यस्तै सरकारी वकिलको कार्यालयले बेल्जियन नागरिक दाओजिन वाङविरुद्ध समेत मुद्दा गरेको छ । उनीविरुद्ध आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएको हो । 

सीआईबीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरेको थियो ।  त्यस्तै उनीहरुविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन सीआईबीले राय दिएको थियो  । 

२०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्र्याएको थियो ।


भेपमा भएको सुन तस्करी अभियोगमा पूर्वसभामुख महराका छोरासहित ३ जनालाई मुद्दा चलाउन सीआईबीको राय

भेपमा लुकाएर गरिएकाे ९ केजी सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरासँग सीआईबीको सोधपुछ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी...
सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

सुतिरहेको अवस्थामा ज्वाँइले गरे ससुराली परिवारमाथि खुकुरी प्रहार, श्रीमती, सासु, साली र सालो घाइते

“घाइतेहरुमध्ये तीन जना (अञ्जना राई, सेवन्ता राई र टेमिना राई)को अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ”, प्रहरी निरीक्षक बस्नेतले भने,...
विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

विदेशबाट फर्किएर ससुरालीमै गएर पत्नीको हत्या, पति पनि मृत भेटिए

मिथिला बिहारी–४ भरतपुर निवासी उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेका थिए । मृतक दम्पतीका चार वर्षीय छोरा...