नेभिगेशन
सबै कुरा

रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा तीन कसुरमा मुद्दा दर्ता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान प्रतिवेदनका आधारमा लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ विरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। 

Ncell
Extreme Energy

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार मुद्दामा रवि लामिछानेलाई सहकारी ठगीमा ३ करोड ३७ लाख रुपैयाँ बिगो कायम गरिएको छ । 

सहकारीको रकम गोर्खा मिडियामा आउनुमा सङ्गठित रुपमा जिबी राईसँग मिलेर काम गरेको भन्दै रविसहितका प्रतिवादी विरुद्ध सङ्गठित अपराध गरेको आरोप लगाइएको छ । सङ्गठित अपराध गरेर सम्पत्ति शुद्धिकरण गरिएको भन्दै लामिछानेको हकमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ नै बिगो कायम गरिएको छ ।

रवि लामिछाने र उनको श्रीमती निकिता पौडेलको खातामा जम्मा भएको र निकालिएको हालसम्मको कुल रकमको श्रोत नभेटिएको आरोप पत्रमा उल्लेख छ । 

आरोप पत्रमा लामिछानेको काभ्रेमा रहेको २०५३ सालमा अश‌ँबन्डा भएको सम्पत्ति र निकिता पौडेलको बुढानिलकण्ठमा रहेको ५ आना जग्गा जफत गर्न मागदाबी गरिएको छ । 

सम्पत्ति जफत प्रयोजनका लागि निकिता पौडेललाई पनि मुद्दामा देवानी प्रतिवादी बनाइएको छ। रवि लामिछानेलाई सहकारी ऐन २०७४ का दफा १२२ को (छ) (ढ), (त) र दफा १२४ (३) विपरीतको कसुर गरेको दाबी गरिएको छ । सहकारी ठगको कसुरमा रविमाथि ऐनको दफा १२४ को उपदफा १ को खण्ड (घ) (४) र (ङ) बमोजिमको सजाय माग दावी गरिएको छ । 

यस्तै, सङ्गठित अपराध कसुरतर्फ लामिछानेमाथि सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ (१) (२) (३ क) र (५) आर्कषित हुने दाबी लिइएको छ । यो आरोपतर्फ लामिछानेलाई दफा ९ (क) र (ग) बमोजिमको सजाय माग दाबी गरिएको छ । 

यस्तै, सम्पत्ति शुद्धिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरीङ निवारण) ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क) (ख) र (ग) को कसुर गरिएको भनिएको आरोप पत्रमा उल्लेख छ।

-अध्यवधिक हुँदै गरेको समाचार 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।