नेभिगेशन
सबै कुरा

रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा तीन कसुरमा मुद्दा दर्ता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान प्रतिवेदनका आधारमा लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ विरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो। 

Ncell
Extreme Energy

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकाअनुसार मुद्दामा रवि लामिछानेलाई सहकारी ठगीमा ३ करोड ३७ लाख रुपैयाँ बिगो कायम गरिएको छ । 

सहकारीको रकम गोर्खा मिडियामा आउनुमा सङ्गठित रुपमा जिबी राईसँग मिलेर काम गरेको भन्दै रविसहितका प्रतिवादी विरुद्ध सङ्गठित अपराध गरेको आरोप लगाइएको छ । सङ्गठित अपराध गरेर सम्पत्ति शुद्धिकरण गरिएको भन्दै लामिछानेको हकमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ नै बिगो कायम गरिएको छ ।

रवि लामिछाने र उनको श्रीमती निकिता पौडेलको खातामा जम्मा भएको र निकालिएको हालसम्मको कुल रकमको श्रोत नभेटिएको आरोप पत्रमा उल्लेख छ । 

आरोप पत्रमा लामिछानेको काभ्रेमा रहेको २०५३ सालमा अश‌ँबन्डा भएको सम्पत्ति र निकिता पौडेलको बुढानिलकण्ठमा रहेको ५ आना जग्गा जफत गर्न मागदाबी गरिएको छ । 

सम्पत्ति जफत प्रयोजनका लागि निकिता पौडेललाई पनि मुद्दामा देवानी प्रतिवादी बनाइएको छ। रवि लामिछानेलाई सहकारी ऐन २०७४ का दफा १२२ को (छ) (ढ), (त) र दफा १२४ (३) विपरीतको कसुर गरेको दाबी गरिएको छ । सहकारी ठगको कसुरमा रविमाथि ऐनको दफा १२४ को उपदफा १ को खण्ड (घ) (४) र (ङ) बमोजिमको सजाय माग दावी गरिएको छ । 

यस्तै, सङ्गठित अपराध कसुरतर्फ लामिछानेमाथि सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ३ (१) (२) (३ क) र (५) आर्कषित हुने दाबी लिइएको छ । यो आरोपतर्फ लामिछानेलाई दफा ९ (क) र (ग) बमोजिमको सजाय माग दाबी गरिएको छ । 

यस्तै, सम्पत्ति शुद्धिकरण अन्तर्गत सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरीङ निवारण) ऐन २०६४ को दफा ३ को उपदफा (१) को (क) (ख) र (ग) को कसुर गरिएको भनिएको आरोप पत्रमा उल्लेख छ।

-अध्यवधिक हुँदै गरेको समाचार 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादीबाट मकालु चिहाउँदा...

मादीबाट मकालु चिहाउँदा...

मादीका विभिन्न डाँडाकाँडा, घुमाउरा पाखा र गाउँबस्तीहरूबाट खिचिएका यी फ्रेमहरूले केवल हिमालको भव्यता मात्र दर्शाएका छैनन्, तिनले पहाडी भूगोल, हरियाली खेतबारी, पारम्परिक वास्तुकला र प्रकृतिको सजीव क्यानभासलाई एकै...
यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

यस्ताे छ पृथ्वी राजमार्गमा सवारी आवागमनकाे अवस्था

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरेकाले सुरुङमार्गको माथिल्लो सडक अर्थात नागढुंगा क्षेत्रमा सवारीसाधनको आउजाउ पातलो छ भने नागढुंगा सुरुङ प्रवेशद्वारदेखि मलेखु मुग्लिन खण्डमा सवारीको आउजाउ साविकभन्दा बढी छ...
हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

हप्ता दिनदेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

पूर्वाधार विकास कार्यालय म्याग्दीले पहिरो पन्छाउने मेसिन प्रयोग गरी तत्कालका लागि बाटो खुलाएको हो । पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेले दसैँ पर्वलाई दृष्टिगत गरी...
स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

स्कुटर चालक गुरुङको घटनास्थलमै मृत्यु

आज दिउँसो २ः३० बजेको समयमा राङखोला–बिरुवा सडक खण्डको बिरुवा–३ ठाँटीमा स्कुटर अनियन्त्रित भई सोही गाउँपालिकाकी ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी...