नेभिगेशन
सबै कुरा

भारतीय गायक सोनु निगम नेपाल आउँदै

काठमाडौँ । भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उनले नेपालीसँग पहिलोपटक साक्षात्कार हुने बताए ।

Ncell
Extreme Energy

उनले भनेका छन्, “मैले नेपाली गीत धेरै गए पनि नेपालमा कन्सर्ट भने गरेको छैन । हिले नेपालीसँग साक्षात्कार गर्ने अवसर जुटेकोछ, म उक्त दिनको प्रतीक्षामा छु । नेपाली र भारतीय गीतमार्फत उपस्थित दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी राख्ने छैन ।”

आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकसँगै नेपाली गीतसङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले नेपाल ल्याउन लागिएको बताए ।

“उहाँले धेरै नेपाली गीत गाउनुभएको छ । यसअघि नेपालमा उहाँलाई लिएर कन्सर्ट आयोजना भएको छैन । सोही कारण हामीले उहाँलाई नेपालीमाझ प्रस्तुत गर्न लागेका हौँ । उहाँले साङ्गीतिक समूहसँग आफ्नो प्रस्तुति दिनु हुनेछ । उहाँ नेपाल आउने सन्दर्भमा निकै उत्साहित र प्रतीक्षारत हुनुहुन्छ”, निर्देशक घिमिरेले भने 

गायक निगमले स्वर दिएको ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन् । यस्तै, हिन्दी भाषामा ‘मेरे ढोलाना सुन’, ‘कल होना हो’, ‘साथिया’, ‘पापा मेरी जान’, ‘अभि मुझ मे कही’ लगायत गीत लोकप्रिय छन् । 

उक्त कार्यक्रमका लागि न्यूनतम दुई हजारदेखि अधिकतम रु ५० हजारसम्मको टिकेट राखिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार गायक निगम पुस १० गते बिहान नेपाल आउनेछन्  ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

उपत्यकामा ९ हजार ५६८ ग्यास सिलिन्डर वितरण

निगमका अनुसार विभिन्न ग्यास उद्योगका सिलिन्डर निगमले तोकेका सात बिक्री केन्द्रमार्फत जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रहरी र निगमका कर्मचारीको सहयोगमा वितरण गरिएको हो।
काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

काठमाडौँमा भारतीय सेनाध्यक्षलाई स्वागत (तस्बिरहरु)

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उच्च अधिकारीहरुले स्वागत गरे ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ

भारतीय सेनाध्यक्ष धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा आएका हुन् ।