नेभिगेशन
सबै कुरा

नेपाली विद्यार्थीको उद्धारका लागि इजरायल जाँदै नेपाल एअरलाइन्सको जहाज

काठमाडाैँ : द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

Extreme Energy

 सोही निर्देशनपश्चात नेपाल एअरलाइन्सको जहाज राती २ : ३० बजे इजरायलका लागि उड्ने भएको हो । 

सामान्य अवस्था नभएकोले पहिलो चरणमा नेपाल एअरलाइन्सको चार्टर विमान पठाउन लागिएको हो । जसका  लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ।

समस्याग्रस्त मुलुक जानुअघि विमानको इन्सुरेन्स गर्नुपर्ने हुन्छ । त्यसका लागि जहाज सुरुमा युएइ जाने र त्यसपश्चात भने सिधै इजरायल जाने छ । 

हालसम्म इजरायलबाट घर फर्किन चाहने ३५० भन्दा बढी नेपालीहरू तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। 

शनिबार बिहानदेखि इजरायलमाथि हमासले गरेको आक्रमणमा परी  १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न प्रोगाम अन्तर्गत इजराय पुगेका ४९ जना विद्यार्थीमध्ये अन्यलाई भने सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...

भर्खरै