नेभिगेशन
सबै कुरा

नेपाली विद्यार्थीको उद्धारका लागि इजरायल जाँदै नेपाल एअरलाइन्सको जहाज

काठमाडाैँ : द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारले नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

Ncell
Extreme Energy

 सोही निर्देशनपश्चात नेपाल एअरलाइन्सको जहाज राती २ : ३० बजे इजरायलका लागि उड्ने भएको हो । 

सामान्य अवस्था नभएकोले पहिलो चरणमा नेपाल एअरलाइन्सको चार्टर विमान पठाउन लागिएको हो । जसका  लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ।

समस्याग्रस्त मुलुक जानुअघि विमानको इन्सुरेन्स गर्नुपर्ने हुन्छ । त्यसका लागि जहाज सुरुमा युएइ जाने र त्यसपश्चात भने सिधै इजरायल जाने छ । 

हालसम्म इजरायलबाट घर फर्किन चाहने ३५० भन्दा बढी नेपालीहरू तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्। 

शनिबार बिहानदेखि इजरायलमाथि हमासले गरेको आक्रमणमा परी  १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न प्रोगाम अन्तर्गत इजराय पुगेका ४९ जना विद्यार्थीमध्ये अन्यलाई भने सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...