नेभिगेशन
सबै कुरा

अध्ययनका लागि इजरायल गएका नेपालीलाई एकैसाथ ल्याउने सरकारको तयारी

 काठमाडौँ : इजरायलमा अध्ययनका लागि पुगेका सबै नेपाली विद्यार्थीलाई एकैसाथ नेपाल ल्याउने तयारी रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्  ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार परराष्ट्र मन्त्रालयमा एक पत्रकार सम्मेलन गर्दै उनले २६५ जना विद्यार्थी अध्ययनका लागि गएको र १० जनाको निधन साथै केही सम्पर्कमा नरहेको जानकारी गराउँदै सबै नेपाली विद्यार्थीलाई एकैपटक नेपाल ल्याउने तयारी रहेको बताइन् । 

Extreme Energy

नेपाल सरकारले इजरायलमा रहेका नेपाल फर्किन चाहने नेपालीहरुका लागि बिहिबार बिहान २ : ३० बजे नेपाल एयरलाइन्सको चार्टर विमान पठाउने भएको छ  । 

२५० सिट भएको विमानमा सकेसम्म सम्पर्कमा आएर नेपाल आउन चाहने सम्पूर्ण नेपालीलाई ल्याउने तयारी रहेको उनले बताइन् । साथै बाँकी रहेका केहीलाई अर्को चरणमा ल्याइने साथै नियमित उडानमार्फत समेत उनीहरु आउन सक्ने उनले जानकारी गराइन्  ।

केयर गिभरका रुपमा गएका नेपालीहरुलाई जोखिम कम भएका कारण पहिलो प्राथमिकता विद्यार्थीहरुलाई दिइएको उनले बताइन् । 

इजरायमा हाल ४ हजार ५ सय नेपाली केयर गिभरको रुपमा कार्यरत छन् भने २ सय ६५ जना विद्यार्थी अध्ययनका लागि गएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...
नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा केशव दाहाल

नेपाली जनसम्पर्क समिति (एनपिआरसी) क्यानडाको सभापतिमा केशव दाहाल सर्वसम्मत चयन भएका छन् ।

भर्खरै