नेभिगेशन
सबै कुरा

मृतक नेपालीको शव तत्काल नल्याइने : परराष्ट्र मन्त्रालय

 काठमाडाैँ : हमासले गरेको आक्रमणमा परी मृत्यु भएका नेपालीको सव बिहिबार जाने नेपाल एअरलाइन्सले नल्याउने भएको छ  । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बिहिबार बिहान २ः ३० बजे जाने नेपाल एअरलाइन्सको जहाजले मृत्यु भएका नेपाली विद्यार्थीको शव तत्काल ल्याउन सम्भव नभएकाले नल्याउने बताएकी हुन् । 

Ncell
Extreme Energy

उनका अनुसार युद्धरत इजरायलबाट नेपाली विद्यार्थीको शव ल्याउन अन्य धेरै प्रोटोकल पूरा गर्नुपर्ने र उक्त  प्रोटोकल तत्काल पूरा गर्न नसकिने भएकाले उनीहरुको शव नेपाल ल्याउन नसकिने भएको हो । 

'यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो,' प्रवक्ता लम्सालले भनिन्, 'इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।'

शव ल्याउने विधि पुर्याउन समय लाग्ने भएकाले पहिला उद्धार कार्यलाई प्राथमिकता दिएको उनले बताएकी छिन् । साथै पीडित परिवारले उक्त बाध्यकारी अवस्था बुझिदिन समेत उनले आग्रह गरेकी छिन् । 

शनिबार बिहानदेखि प्यालेस्टाइनी आतंकवादी समूह हमासले इजरायमाथि गरेको आक्रमणमा परि १० नेपाली विद्यार्थीको मृत्यु भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...