नेभिगेशन
सबै कुरा

अपडेट: दक्षिण कोरियामा भएकाे विमान दुर्घटनामा १७९ जनाकाे मृत्यु, दुई जनाको जीवितै उद्धार

काठमाडाैँ । दक्षिण कोरियाको मुआनमा १८१ यात्रु बोकेको विमान दुर्घटना भएको छ । बैंककबाट फर्कदै गरेको विमानमा चालक दलका छ सदस्यसहित १८१ जना सवार थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर भएको दुर्घटनामा दुई जनाबाहेक अन्य सबैको मृत्यु भएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । दुर्घटनामा परि एक चालक दलका सदस्य र एक यात्रुलाई जीवितै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

Ncell
Extreme Energy

सियोलबाट करिब २८८ किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिण जियोला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनाबाट उद्धार गरिएका दुई जनाबाहेक सबै बेपत्ताको मृत्यु भएको अनुमान गरिएको अग्निनियन्त्रक अधिकारीहरूले समेत बताएका छन् ।

अधिकारीहरुले दुर्घटनामा परी अहिलेसम्म ९४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

“विमान भित्तामा ठोक्किएपछि यात्रुलाई विमानबाट बाहिर निकालिएको थियो। जीवित उद्धार भएका दुई यात्रुको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ,” अग्निनियन्त्रक निकायका एक अधिकारीले भने । 

“विमान लगभग पूर्णरुपमा ध्वस्त भइसकेको छ र मृतकको पहिचान गर्न कठिन छ,” ती अधिकारीले भने, “अहिले हामी जलेका मृतशरीर निकाल्ने प्रक्रियामा छौँ, यसका लागि केही समय लाग्नेछ ।”

दुर्घटनालगत्तै एक यात्रु र चालक दलका एक सदस्यलाई उद्धार गरी मोक्पोको एक अस्पतालमा उपचार भइरहेको छ ।

विमानमा सवार मध्ये दुई जना थाई नागरिक बाहेक अधिकांश कोरियाली नागरिक थिए ।  

स्थानीय टिभी स्टेसनहरूले प्रसारण गरेको भिडिओमा विमानले आफ्नो ल्यान्डिङ गियर बिना नै अवतरण कोसिस गरेको देखाइएको छ। विमान भुइँमा चिप्लिँदा कङ्क्रिटको पर्खालमा ठोक्किएर विस्फोट भएको र त्यसबाट एक्कासी आगोको ज्वाला निस्किएको थियो ।

अधिकारीहरुका अनुसार चराको आक्रमणका कारण ल्यान्डिङ गियर फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाको कारणबारे थप विवरण पत्ता लगाउन स्थलगत अनुसन्धान सुरु भएको छ ।

दक्षिण जिओलका अधिकारीहरूले उच्च स्तरमा आपतकालीन निकायहरूलाई सक्रिय पारेका छन् र सबै उपलब्ध उद्धार र प्रहरी कर्मचारीहरूलाई दुर्घटनास्थलमा तैनाथ गरेका छन्।

कार्यवाहक राष्ट्रपति चोइ साङ–मोक मध्याह्नतिर दुर्घटनास्थलमा पुगी घटनास्थलको निरीक्षण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै अधिकारीहरूलाई खोजी कार्यका लागि हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

अनुदान आयोगले सुरु गर्यो समकक्षता निर्धारण

विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता...
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।