नेभिगेशन
सबै कुरा

गगन थापा हामीसँगै छन्, सभापतिसँग मतभेद छैन : शेखर कोइराला

धनुषा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिसंग आफ्नो कुनै मतभेद नरहेको स्पष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रेस युनियन धनुषाले आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले सभापतिसँगै आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको बताएका हुन् । 

Ncell
Extreme Energy

उनले पार्टीभित्र भएका बहसलाई सञ्चारमाध्यमले बढाइचढाई लेख्ने गरेको उल्लेख गरे । कोइरालाले गगन थापा आफूहरूसँग नै रहेको भन्दै आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताए । 

पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको उनले स्पष्ट पारे । उनले गगन थापा र पूर्वराजाबीच भेटवार्ता भएको बिषयमा आफुलाई कुनै जानकारी नभएको जिकिर गरे । त्यस्तै कोइरालाले राजनीतिक स्थायीत्वका लागि कांग्रेस र एमालेबीच गठबन्धन बनाएर सरकार बनाउनुपरेको बताए । संविधानलाई सुधार गर्नका लागि पनि दुई दल मिल्नुपरेको उनले बताए । संविधान सुधारका लागि दुई दलबीच गृहकार्य सुरु भइसकेको भन्दै कोइरालाले अन्य दलहरुसंग मिलेर संविधान सुधार गर्नुपर्ने धारणा राखे । 

उनले अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नु हुने र काँग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पु¥याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन्...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।