नेभिगेशन
सबै कुरा

पर्सामा सूचनाको माग गर्दै कालोपट्टी बाँधेर युवाहरु धर्नामा

वीरगंज । पर्साको छिपहरमाई गाऊँपालिकाले सुचना उपलब्ध नगराएको भन्दै युवाहरुको समुहले हातमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन् । छिपहरमाई संघर्ष समिति नाम दिइएको उक्त युवाहरुको समुहले आइतबार ७ गते छिपहरमाई गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउँदै  २० वटा विभिन्न सुचना र ६ वटा सुझाव सहित छिपहरमाई संघर्ष समितिले छिपहरमाई गाउँपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्र अनुसार एकहप्ताभित्र सुचना नदिइएकाले पुस १४ गते आजबाट धर्ना सुरु गरिएको जानकारी गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त गाऊँपालिकामा नेकपा एमालेका तर्फबाट मनोज गुप्ता निर्वाचित गाऊँपालिका अध्यक्ष हुन् । पटक पटक गरी दुईपटक निर्वाचित भएका उनले विभिन्न शिर्षकमा अनियमितता गरिरहेको र सूचना माग गर्दा उपलब्ध नगराइएकाले धर्नामा बस्नु परेको  छिपहरमाई संघर्ष समितिका संयोजक सन्दिप गुप्ताले बताए ।

Ncell
Extreme Energy

यसअघि सूचना आयोगबाट ४÷४ पटक समेत निर्देशन दिईसक्दा समेत सूचना उपलब्ध नगराएको युवाहरुको आरोप छ । अहिले पाँच दिनसम्म धर्ना दिने छठौँ दिन टायर बालेर प्रदर्शन गर्ने त्यसपछि छिपहरमाई गाऊँपालिकामा ताला बन्दी गर्ने संयोजक सन्दिप गुप्ताले बताए ।

आव २०७५ सालदेखि मंसिर मसान्तसम्म सौर्य सिचाई प्रणाली योजना लागु गरेको ठेगाना, लाभग्राही, इस्टीमेट संस्थाको नाम र बजेट त्यसैगरी विभिन्न व्यक्तिहरुको नाममा लिएका जिन्सी सामाग्री, पेश्की तथा भुत्तानी लगायतको प्रमाणित प्रतिलिपि त्यसैगरी गाऊँपालिकाले वितरण गरेको इन्धनबाट लाभ लिएका व्यक्ति संस्थाहरुको विवरण, त्यसैगरी छोरी विमा कार्यक्रमबाट लाभ लिएका सेवाग्राहि, समादायित विद्यालयको नियुक्त, लगायतको विवरण माग गरएको छ ।

धर्नामा जितेन्द्र यादव, रिजवान मिया, राजवंशि पासवान, धर्मेन्द्र यादव, राजु यादव, दिपेन्द्र यादव लगायतका युवाहरु बसेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन बेपत्ता

अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।