नेभिगेशन
सबै कुरा

नख्खु करिडोरमा अत्यधिक धुलो र गन्ध, स्थानीयलाई सास्ती

ललितपुर । ललितपुरको नख्खु करिडोर क्षेत्रमा अत्यधिक धुलो र गन्धका कारण स्थानीयले सास्ती बेहोर्नु परेको छ । असोज १२ गते शनिबार नख्खु खोलामा आएको बाढीका कारण करिडोर भत्किएपछि धुलोको समस्या बढेको हो । नख्खु करिडोरको धुलो र खोलाबाट निस्केको गन्धले बस्तीलाई नै असर गरेको स्थानीयको दुखेसो छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीका कारण नख्खु खोला किनारामा थुप्रिएको धुलो उडेर बस्तीमा पुगेको र धुलो र गन्धले असर गरेको ललिलतपुर महानगरपालिका–४ का स्थानीय मिलन यसमाली मगरले दुखेसो पोखे । उनले भने, “दिउँसो हावा चलेको बेला धुलोसँगै खोलाको गन्ध बस्तीमा पस्छ । जाडो समयमा यति धेरै धुलो र गन्धको समस्या छ पछि गर्मी सुरु भए झन् गाह्रो हुने सम्भावना छ ।”

Ncell
Extreme Energy

बाढीले क्षति पुर्‍याएको क्षेत्रमा खानेपानी, यातायात र विद्युत्को समस्या हल गरिसकेको र अन्य समस्याहरूको समाधान गर्न ललितपुर महानगरपालिकाले पहल गरिरहेको ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीको भनाइ छ । “नख्खु करिडोरमा टिप्परका कारण बस्तीमा असर परेको छ । टिप्पर हिँड्नका लागि उचित व्यवस्थापन महानगरले गर्न सकेको छैन । टिप्परको कारण धुलोको समस्या झन् बढेको हो ।”

नख्खु र भैँसेपाटी जोड्ने नुख्खु खोला पुल र छेउछाउमा धुलोका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ । हरेक दिन नख्खु खोला पुल हुँदै भैँसेपाटी पुग्ने गरेका मोटरसाइकल यात्रु वीरेन्द्र तितुङले धुलो र खोलाको गन्धले आफूलाई दिक्क बनाएको बताउँछन् । उनी भन्छन्, “मेरो छोरी त्यही पुलको बाटो भएर स्कुल जान्छिन्, छोरीले धुलो र खोलाबाट निस्केको गन्धले आफूलाई दिक्क पारेको बताउँछिन् । धुलो र खोलाको गन्धको व्यवस्थापन जिम्मेवारी निकायले छिट्टै गर्नुपर्ने हो ।”

त्यसैगरी, बाढीले नख्खु करिडोर क्षेत्रमा क्षति पुर्‍याएपछि बाढीपीडितहरूले सरकारबाट पाउनुपर्ने राहत अझै नपाएको स्थानीय विश्वास थापा बताउँछन् । उनी भन्छन्,, “चिसो बढेको छ । बाढीपीडतहरू मुस्किलले बसेका छन् । धुलो र गन्धले बस्तीमा असर गरेको छ । जिम्मेवारी निकायको ध्यान पुग्नुपर्ने हो तर पुगेको छैन । जाडो समयमा यति धेरै धुलो र गन्ध छ, गर्मीयाम सुरू भएपछि  दुर्गन्ध र धुलोले विकराल रूप लिने सम्भावना छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढीपहिरोले जिल्लाका सडक, पुल, खानेपानी, सिँचाइ, विद्युत् र सञ्चारका संरचनामा क्षति पु¥याएको छ । धेरै बस्ती पहिरोको जोखिममा परेका छन्...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुँदैछ ।
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।