नेभिगेशन
सबै कुरा

देशमा ५ वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् । पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारीका बिमोचन कार्यक्रममा शर्माले संसदमा बिकल्प रहुन्जेल पाँच बर्ष कसैले भंग गर्न नसक्ने भन्दै अव पाँच बर्ष स्थीर रहने प्रधानमन्त्रीको पनि खाँचो रहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठूलो कुरा नभएको भन्दै शर्माले कोहि प्रधानमन्त्रीले पाँच बर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजि गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेर प्रधानमन्त्री केपी ओलीले भनेको अभिव्यक्तिप्रति महामन्त्री शर्माले पार्टीभित्र फरक मत राख्ने नेताहरु कांग्रेसभित्रै रहेको उल्लेख गरे । तर एमालेभित्र प्रश्न उठाउने व्यक्तिलाई भने कारवाही गरिएको उनले भने । 

उनले कांग्रेस पार्टीमा नेतृत्व लिन खोज्नेको अभाव देखिएको धारणा राखे । सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अब त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफुले दिएको उनको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरि योजना बनाउनुपर्ने सुझाव दिए । 

त्यस्तै उनले मेलमिलापको नीति अनुसार नै माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...