नेभिगेशन
सबै कुरा

देशमा ५ वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् । पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारीका बिमोचन कार्यक्रममा शर्माले संसदमा बिकल्प रहुन्जेल पाँच बर्ष कसैले भंग गर्न नसक्ने भन्दै अव पाँच बर्ष स्थीर रहने प्रधानमन्त्रीको पनि खाँचो रहेको बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउनु ठूलो कुरा नभएको भन्दै शर्माले कोहि प्रधानमन्त्रीले पाँच बर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजि गर्नुपर्ने बताए । सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ ।

Ncell
Extreme Energy

कांग्रेसजस्तो अलोकतान्त्रिक दल कुनै छैन भनेर प्रधानमन्त्री केपी ओलीले भनेको अभिव्यक्तिप्रति महामन्त्री शर्माले पार्टीभित्र फरक मत राख्ने नेताहरु कांग्रेसभित्रै रहेको उल्लेख गरे । तर एमालेभित्र प्रश्न उठाउने व्यक्तिलाई भने कारवाही गरिएको उनले भने । 

उनले कांग्रेस पार्टीमा नेतृत्व लिन खोज्नेको अभाव देखिएको धारणा राखे । सभापति शेर बहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अब त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफुले दिएको उनको भनाइ छ । शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरि योजना बनाउनुपर्ने सुझाव दिए । 

त्यस्तै उनले मेलमिलापको नीति अनुसार नै माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको जिकिर गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...