नेभिगेशन
सबै कुरा

पार्टी दर्ता गरेर २०८४ को निर्वाचनमा भाग लिने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निर्णय

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को निर्वाचनमा भाग लिने निर्णय गर्दै त्यसका लागि पार्टी दर्ता गरेर उपयुक्त चूनाव चिन्ह लिने निर्णय गरेको छ । नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै आगामी चूनावलाई नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गरिने नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवले जानकारी दिए । बैठकले एकिकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ भने देशमा व्याप्त भ्रष्टाचार, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा–कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेको व्यवस्थाले जनता र देशलाई उचित ढंगले अघि बढाउन नसकेकाले नयाँ ढंगले अघिको व्यवस्थालाई नेकपाले जोड दिएको उनको भनाइ छ । 

Ncell
Extreme Energy

त्यस्तै बैठकले देशको स्वाधीनता विरुद्ध भइरहेका हस्तक्षेपबिरुद्ध भण्डाफोर अभियान चलाउने, नयाँ आर्थिक मार्गको बिचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कोशी प्रदेश नामाकरण गरेको प्रदेशलाई किरात–लिम्वुवान प्रदेश नामकरण गर्ने र त्यसलाई मान्यता दिलाउन राजनीतिक शक्तिहरुसंग छलफल अघि बढाउने लगाएतका निर्णयहरु भएको नेकपाले जनाएको छ । 

त्यस्तै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरिएको बताइएको छ । नेकपाले क्रान्तिकारी पार्टीहरुसंग एकताको उद्देश्य राख्दै तत्काल निकट पार्टीहरुसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको जनाएको हो । एकतालाई प्राथमिकतामा राख्दै त्यसको सुरुवात मोर्चाबाट सुरु गरिने नेकपाले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...