नेभिगेशन
सबै कुरा

सरकारले बढायाे डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । आज रातिबाट लागू हुनेगरी निगमले डिजेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको आयल निगमले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमकाअनुसार अब काठमाडौँमा डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ र पेट्रोलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । यो मूल्य पोखरा र दिपायलमा पनि लागू हुनेछ ।

Ncell
Extreme Energy

यस्तै, विराटनगर, जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १६० रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, दोस्रो वर्ष अन्तर्रगतको सुर्खेत र दाङका लागि पेट्रोलको मूल्य १६२ रुपैयाँ र डिजेलको मूल्य १५२ रुपैयाँ तोकिएको छ । 

निगमले हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा २ रुपैयाँले घटाएको छ भने बाह्यका लागि काठमाडौँमा प्रतिकिलोलिटर १५ डलरले घटाइएको निगमले जनाएको छ । यस्तै, पोखरा र भैरहवाका लागि कुनै नाफा नराखी हवाई इन्धनको मूल्य तोकिएको निगमले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पहिरोमा पुरिएर एक जनाको मृत्यु

पहिरोमा पुरिएर एक जनाको मृत्यु

लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ ।
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान...