नेभिगेशन
सबै कुरा

सरकारले बढायाे डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलको मूल्य बढाएको छ । आज रातिबाट लागू हुनेगरी निगमले डिजेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँले बढाइएको आयल निगमले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निगमकाअनुसार अब काठमाडौँमा डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ र पेट्रोलको मूल्य १६३ रुपैयाँ कायम भएको छ । यो मूल्य पोखरा र दिपायलमा पनि लागू हुनेछ ।

Ncell
Extreme Energy

यस्तै, विराटनगर, जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य १६० रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १५० रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, दोस्रो वर्ष अन्तर्रगतको सुर्खेत र दाङका लागि पेट्रोलको मूल्य १६२ रुपैयाँ र डिजेलको मूल्य १५२ रुपैयाँ तोकिएको छ । 

निगमले हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा २ रुपैयाँले घटाएको छ भने बाह्यका लागि काठमाडौँमा प्रतिकिलोलिटर १५ डलरले घटाइएको निगमले जनाएको छ । यस्तै, पोखरा र भैरहवाका लागि कुनै नाफा नराखी हवाई इन्धनको मूल्य तोकिएको निगमले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा  लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

आज कहाँकहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने भएको छ ।
नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

नेपालका सरकारी वेबसाइट किन चलेका छैनन्? एआईले पत्ता लगायो सुरक्षा कमजोरी

इन्टरनेटमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा पिएसपीमा दुई गम्भीर साइबर सुरक्षा कमजोरी फेला परेपछि नेपालसहित विभिन्न देशका सरकारी वेबसाइट तथा सार्वजनिक वेब सेवा प्रभावित भएका छन्। नेपालका...