नेभिगेशन
सबै कुरा

भष्ट्राचारको फाइल खोल्ने विषयलाई धम्कीको विषय बनाउन पाइँदैन : गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भष्ट्राचारको फाइल खोज्ने बिषयलाई धम्कीको बिषय बनाउन नहुने बताएका छन् । 

सिहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षीबीच भष्ट्राचारको फाइल खोल्ने बिषयमा आरोप प्रत्यारोप भएको देखिएकाले यसलाई धम्कीको बिषय बनाउन नहुने बताएका हुन् । 

उनले भष्ट्राचारका कुन कुन फाइल खोल्ने भन्ने बिषयमा सहमति नै गरि अघि बढ्न शीर्ष नेताहरुलाई सुझाव दिए । फाइलको कुरा सुन्दा सुन्दा नागरिकहरुपनि आजित भइसकेको र उनीहरुमा नेताहरुप्रति नकारात्मक सोच उत्पन्न भएको उनले बताए । निर्दाेष कोही पनि नपर्ने र दोषी नउम्कने गरि भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउन प्रमुख दल तयार हुनुपर्ने उनको भनाइ छ । 

थापाको धारणापछि माओवादी अध्यक्ष प्रचण्डले प्रमुख नेताहरु संगै बसेर समाधान निकाल्न उचित हुने बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...