नेभिगेशन
समाज

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीकाअनुसार समूह विभाजन गरी न्यूनतम सङ्ख्या उपस्थिति तालिका निर्धारण गरिएको छ । अब समूहमा परेका सांसदहरु बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुनुपर्नेछ । 

Ncell
Extreme Energy

रास्वपा संसदीय दलले तोकिएको मितिमा सम्बन्धित समूहका सांसदलाई बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशन नै जारी गरेको छ । 

'संसद बैठकमा माननीय सांसदज्यूहरूको नियमित र पूर्ण उपस्थिति सधैँ अपेक्षित रहन्छ । तथापि, व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्दै संसदको छलफललाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउनका लागि शून्य समय/समूहका आधारमा बैठकको सुरुदेखि अन्त्यसम्म अनिवार्य रूपमा उपस्थित भई छलफलमा सक्रिय सहभागी हुन निर्देशन जारी गरिएको छ,' बुर्लाकोटीले भने । 

बुर्लाकोटीले समूहगत उपस्थिति तालिका नै सार्वजनिक गरेका छन् । असोज ८ गते: समूह ३, समूह ४ र समूह १ (अनिवार्य), असोज १२ गते: समूह १ र समूह २ (अनिवार्य), असोज १३ गते: समूह २ र समूह ३ (अनिवार्य), असोज १४ गते: समूह ३ र समूह ४ (अनिवार्य), असोज १५ गते: समूह ४ र समूह १ (अनिवार्य)
र असोज १६ गते: समूह १ र समूह २ (अनिवार्य) गरिएको छ । 

रास्वपा संसदीय दलले अतिरिक्त निर्देशनहरू पनि जारी गरेको छ । रास्वपाले अन्यलाई पनि नियमित उपस्थित हुन भनेको छ । 'यसको अर्थ, अन्य समूहको सांसदहरूलाई संसद आउन अनिवार्य छैन भन्ने किमार्थ नलागोस्। संसद विशेष अवस्थामा बाहेक सबैका लागि सधैँ बाध्यकारी हुनुपर्छ,' बुर्लाकोटीले निर्देशनमा भनेका छन् । 

रास्वपाले बैठक अवधिभर छलफल प्रभावित नहुने गरी खाजा वा अन्य निरन्तरताका लागि पालैपालो (आलोपालो) समय मिलाउन भनेको छ । 

यसैगरी कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ सदनमा पेश हुने समयमा अनिवार्य तोकिएका सबै सांसदको उपस्थिति रहनुपर्ने निर्देशन रास्वपाको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन्।
ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईले अष्ट्रेलियाको सरकारी वेबसाइट ह्याक गरेको भन्दै छानबिन कार्यदल गठन

ओपनएआईको एक एआई एजेन्टले गत जुन महिनामा अष्ट्रेलियाको सरकारी स्वास्थ्य डेटा पोर्टलमा अनधिकृत पहुँच (ह्याक) पुर्‍याएको अष्ट्रेलिया सरकारले बिहीबार जानकारी दिएको छ ।
दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा

व्यापारी तथा विचौलिया दिपक भट्टको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा पेसीमा चढेको छ ।
बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश,  आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीको प्रणाली जमिनमा प्रवेश, आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने प्रक्षेपण

बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश आसपासबाट जमिनमा प्रवेश गरेको छ।

भर्खरै