नेभिगेशन
समाज

देशभर ९ राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखा (एनइओसी) का अनुसार शुक्रबार बिहान ७ बजेसम्म कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्ड अवरुद्ध छन्।

Ncell
Extreme Energy

कोशी प्रदेशमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ स्थित भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ।

बागमती प्रदेशमा रसुवाका विभिन्न सडकखण्ड बाढीका कारण अझै अवरुद्ध छन्। रसुवाको बारा घुम्तीदेखि रसुवागढीसम्मको पासाङल्हामु राजमार्ग, त्रिशूली–बेत्रावती–खाल्टे–मैलुङ–स्याफ्रुबेंसी–टिमुरे–रसुवागढी सडक तथा नुवाकोटको त्रिशूलीदेखि बेत्रावतीसम्मको मैलुङ–स्याफ्रुबेंसी सडक अवरुद्ध छन्।

धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा बाढीका कारण कालुपाण्डे राजमार्ग पनि अवरुद्ध छ।

यस्तै, ललितपुरको गोदावरी नगरपालिका–६ बिखेँधारामा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध भएको छ। ललितपुरकै बागमती गाउँपालिका–३ भट्टेडाँडा हुँदै पाङ्दुरडोल र टाकुर्चे जाने सडकखण्ड पनि पहिरोका कारण बन्द छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र वडा नम्बर १० तिडराङखानीमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

काभ्रेको रोशी गाउँपालिका–७ चारसयवेशी र वडा नम्बर ८ गिम्दीवेशीमा पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध रहेको शाखाले जनाएको छ।

धादिङको गजुरी गाउँपालिका–६ जहरेमा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग भने अहिले सुचारु भएको छ।

शाखाका अनुसार शुक्रबार बिहान ७ बजेसम्मको विवरणमा अधिकांश सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध छन्। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायबाट प्रयास भइरहेको छ।

822949389_2181809876081065_7419286444152540943_n-1790302560.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।