नेभिगेशन
बजार

चाडपर्व लक्षित होण्डाले ल्यायो ‘FESTIVE OFFER HONDA को सफर’, नयाँ कार किन्दा १० लाखसम्म आकर्षक छुट

काठमाडौँ । दशैं, तिहार तथा छठ पर्वको शुभ अवसर पारेर नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्ना ग्राहकहरुका लागि 'FESTIVE OFFER HONDA को सफर' नामक विशेष र आकर्षक योजना सार्वजनिक गरेको छ । ग्राहकहरुको चाडपर्वलाई अझै विशेष र खुसीयालीपूर्ण बनाउने उद्देश्यका साथ कम्पनीले यो योजना बजारमा ल्याएको हो, जसमा ग्राहकहरुले होण्डाको नयाँ कार खरिद गर्दा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
 
साथै, यस अफर अन्तर्गत ग्राहकहरुको थप सुविधालाई ध्यानमा राख्दै नयाँ कार खरिदमा १ आर्थिक वर्षको लागि सडक कर र १ आर्थिक वर्षकै लागि पूर्ण बीमा पूर्ण रुपमा निःशुल्क उपलब्ध गराइएको छ । गाडी खरिदपछिको ग्राहक अनुभवलाई अझै उत्कृष्ट र झन्झटमुक्त बनाउन कम्पनीले ५ वर्षसम्मको लागि निःशुल्क सर्भिसिङ र १ वर्षको लागि निःशुल्क सडक सहायताको विशेष व्यवस्था समेत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होण्डा कार लिन चाहने ग्राहकहरुका लागि सजिलो तथा अन-द-स्पट एक्सचेन्ज सुविधाका साथै आकर्षक एक्सचेन्ज बोनसको समेत व्यवस्था यस योजनामा गरिएको छ । नयाँ गाडी खरिदलाई आर्थिक रुपले थप सहज बनाउन स्याकार हायर पर्चेज र एन आईसी एसिया बैंक सँगको सहकार्यमा आकर्षक र निकै कम ब्याजदरमा सजिलो फाइनान्सिङको सुविधा पनि यस अफरमा समावेश गरिएको छ ।

Ncell
Extreme Energy

कम्पनीका अनुसार यो 'FESTIVE OFFER HONDA को सफर' योजना इन्द्रजात्राको दिन अर्थात् सेप्टेम्बर २५, २०२६ (शुक्रबार) देखि सुरु भई छठ पूजा अर्थात् नोभेम्बर १६, २०२६ (सोमबार) सम्म देशभरका होण्डा कार शोरुमहरुमा लागू हुनेछ। कम्पनीका अनुसार यस योजना अन्तर्गत होण्डा कार खरिद गर्दा नियम तथा सर्तहरु लागू हुनेछन्।

"Drive a Brighter Tomorrow" भन्ने नाराका साथ ल्याइएको यस अफरमार्फत होण्डाका उत्कृष्ट कारहरु (Honda CR-V, Elevate, City, City e:HEV) सानदार छुट र सुविधाहरुसहित घर भित्र्याई आफ्नो र आफ्नो परिवारको खुसी दोब्बर बनाउन कम्पनीले सम्पूर्ण ग्राहकवर्गमा आह्वान गरेको छ । यस योजनासँग सम्बन्धित थप जानकारीका लागि ग्राहकले आफ्नो नजिकैको होण्डा कार शोरुममा सम्पर्क गर्न सक्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...