नेभिगेशन
सबै कुरा

माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसहितका बिषयमा छलफल गर्ने गरि एजेण्डा तय गरेको हो ।

Ncell
Extreme Energy

त्यस्तै अध्यक्ष लगाएत प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, अगामी कार्ययोजना लगाएतका एजेण्ड समेत तय भएको प्रवक्ता अग्नि सापकोटाले बताए । 

बैठकमा प्रचण्डले संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस–एमालेले अप्राकृतिक रुपमा सरकार बनाएको बताएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको उनले बताए । संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको प्रवक्ता सापकोटाले धारणा राखे । 

त्यस्तै, उनले अन्तर्राष्ट्रिय विषयका बारेमा सरकार उदासीन भएको र असफल भएको जिकिर गरे । सरकारको ध्यान भ्रष्टचारी र बिचौलियालाई जोगाउनका लागि केन्द्रीत भएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...