नेभिगेशन
सबै कुरा

माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने पार्टी रुपान्तरण र पुननिर्माणको संकल्प आजको आवश्यकता शीर्षकको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनसहितका बिषयमा छलफल गर्ने गरि एजेण्डा तय गरेको हो ।

त्यस्तै अध्यक्ष लगाएत प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, अगामी कार्ययोजना लगाएतका एजेण्ड समेत तय भएको प्रवक्ता अग्नि सापकोटाले बताए । 

बैठकमा प्रचण्डले संविधान संशोधनलाई बहाना बनाएर कांग्रेस–एमालेले अप्राकृतिक रुपमा सरकार बनाएको बताएको प्रवक्ता सापकोटाले जानकारी दिए । 

अहिले संविधान संशोधन नभई संविधानको प्रभावकारी कार्यान्वयनमा जानुपर्नेमा प्रचण्डको जोड रहेको उनले बताए । संविधान संशोधन गर्नुपर्ने भएमा राष्ट्रिय दृष्टिकोण कायम गर्नुपर्नेमा माओवादीको धारणा रहेको प्रवक्ता सापकोटाले धारणा राखे । 

त्यस्तै, उनले अन्तर्राष्ट्रिय विषयका बारेमा सरकार उदासीन भएको र असफल भएको जिकिर गरे । सरकारको ध्यान भ्रष्टचारी र बिचौलियालाई जोगाउनका लागि केन्द्रीत भएको उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...