नेभिगेशन
समाज

रोशी खोलाले गर्‍यो सतर्कता तह पार

काठमाडौं। काभ्रेपलाञ्चोकको रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पनौतीस्थित जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि आग्रह गरेको छ।

Ncell
Extreme Energy

महाशाखाले आज बिहान ५ः३० बजे सूचना जारी गर्दै रोशी खोलाको जलसतह सतर्कता तह पार गरी बढिरहेको जनाएको हो।

यसैबीच, जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास बलियो न्यून चापीय प्रणाली (डिप्रेसन) रहेको छ। उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यून चापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले पछिल्लो एक घण्टाको वर्षा विवरण र भू–उपग्रहबाट प्राप्त बादलको अवस्थालाई समेत निरन्तर निगरानी भइरहेको बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।