नेभिगेशन
समाज

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

काठमाडौँ । नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीद्वारा जारी पछिल्लो तथ्याङ्क अनुसार बाढी र पहिरोको सम्भावित जोखिमका कारण धेरैजसो राजमार्गहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ भने केही स्थानमा पूर्ण रूपमा अवरोध सिर्जना भएको छ । २१ जिल्लाका सडक प्रत्यक्षरुपमा प्रभावित भएका छन् । 

Ncell
Extreme Energy

कोशी प्रदेशअन्तर्गत सोलुखुम्बुमा भारी वर्षाको पूर्वानुमानका कारण सिद्धिचरण लोकमार्ग लगायतका भित्री सडकहरूमा असोज ८ गतेदेखि १२ गतेसम्म बेलुकी ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारी तथा पैदल यात्रुलाई रात्रिकालीन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।   

पाँचथरमा तमोर-कोरिडोर (तुम्बेवा गा.पा.-२ नावाखोला) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।   

भोजपुरमा मध्य पहाडी लोकमार्गमार्ग लगायत भित्री सडकहरूमा सम्भावित क्षति रोकथामका लागि असोज ८ देखि सूचना जारी नभएसम्मका लागि राति ७:०० देखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालन रोकिएको छ । (एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यक सवारीसाधन प्रहरीसँग समन्वय गरी सञ्चालन गर्न सकिनेछ)।  

इलाममा मेची राजमार्ग तथा मेची कोरिडोर लगायत सम्पूर्ण सडकहरूमा असोज ८ देखि ११ गतेसम्म राति ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म आवागमन बन्द गरिएको छ । 

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्ग असोज ८ देखि ११ गतेसम्म राति ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । रोशी गा.पा.-८ किम्तिबेसीमा पहिरो जाँदा बि.पि. राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । 

रसुवामा बाढीका कारण मुख्य राजमार्ग सबै पूर्ण रूपमा अवरुद्ध रहेका छन् । 

नुवाकोटमा टोखा-छहरे सडक खण्ड (शिवपुरी गा.पा.-०८ घण्टेखोला) र पसाङ ल्हामु सडक खण्ड (विदुर न.पा.-१० सिमटार) बाढीका कारण पूर्ण अवरुद्ध छ । 

धादिङमा पृथ्वी राजमार्गको बेनीघाट रोराङ गा.पा.-१० ज्वाङखोलामा पहिरोका कारण एकतर्फी मात्रै सडक सञ्चालनमा छ भने वडा नं. ०७ कृष्णभिर र १० टिडराडाँडाखानीमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । साथै, जोखिमका कारण धादिङ आसपासका सडकमा रात्रिकालीन यात्रामा रोक लगाइएको छ । 

मकवानपुर, सिन्धुली, दोलखा र सिन्धुपाल्चोकका मुख्य राजमार्ग तथा सडक खण्डहरूमा सम्भावित बाढी पहिरोको जोखिमलाई ध्यानमा राखी असोज ८ देखि ११ गतेसम्म रात्रिकालीन समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइएको छ । 

चितवनमा नारायणगढ-मुग्लिन सडक खण्डमा असोज ८ गते राति ८:०० बजेदेखि असोज ९ गते बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा पूर्ण रोक लगाइएको छ । 

गण्डकी प्रदेशअन्तर्गत मनाङमा बेशीसहर-खाङसार सडक तथा लमजुङको सिमानामा असोज ८ देखि १२ गतेसम्म (साँझ ६:०० देखि बिहान ६:०० सम्म) रात्रिकालीन सवारी साधन आवतजावतमा रोक लगाइएको छ । 

कास्की, मुस्ताङ, पर्वत, म्याग्दी र नवलपरासी (पूर्व)मा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै ग्रामीण तथा जिल्ला भित्रका सम्पूर्ण सडकहरूमा असोज ८ गतेदेखि (विभिन्न मितिसम्म) बेलुकी ६:०० देखि बिहान ६:०० बजेसम्म रात्रिकालीन आवागमनमा रोक लगाइएको छ । 

लुम्बिनी प्रदेशअन्तर्गत दाङमा राप्ती राजमार्ग (तुलसीपुर-कपुरकोट) र दाङका विभिन्न सडक खण्डहरूमा असोज ८ देखि ११ गतेसम्म राति ७:०० बजेदेखि बिहान ६:०० बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

रोल्पामा मदन भण्डारी राजमार्ग (रोल्पा न.पा.-७ माडिचौर) खण्डमा असोज ८ देखि १२ गतेसम्म पूर्ण रूपमा सवारी साधन आवागमनमा रोक लगाइएको छ । 

प्रहरीले मौसम प्रतिकूल रहेकाले र बाढी-पहिरोको जोखिम उच्च रहेकाले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि स्थानीय प्रहरी वा सडक विभागसँग सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द नै रहने

निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ।