नेभिगेशन
सबै कुरा

चाैतर्फी विराेधपछि सार्वजनिक लेखा समितिका सभापति पोखरेलले स्वकीय सचिवलाई जिम्मेवारीबाट हटाए

काठमाडाैँ । चौतर्फी विरोधपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिल कुमार पोखरेललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् । 

एक युवतीको एमबिबिएस इन्ट्रान्स परिक्षामा नाम निकालिदिने भन्दै ३८ लाख बढी रकम लिएको आरोपछि उनलाई जिम्मेवारीबाट हटाएको पोखरेलले बताएका छन् ।

सभापति पोखरेलले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना स्वकीय सचिव अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबर प्राप्त भएको र सो विषयमा अनुसन्धानलाई प्रभावित नहोस् भनेर आफूले जिम्मेवारीबाट हटाएको बताएका छन् । 

अनिलले सप्तरीकी एक युवतीको एमबिबिएस इन्ट्रान्स परिक्षामा नाम निकाल्दिने भन्दै उनका बाबु बौआलाल चौधरीसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप छ । परिक्षामा नाम निकाल्दिने भन्दै पैसा लिएको तर नाम ननिक्लिएपछि ती युवतीका बाबुले उक्ट घटना बाहिर ल्याएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...