नेभिगेशन
सबै कुरा

चाैतर्फी विराेधपछि सार्वजनिक लेखा समितिका सभापति पोखरेलले स्वकीय सचिवलाई जिम्मेवारीबाट हटाए

काठमाडाैँ । चौतर्फी विरोधपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अनिल कुमार पोखरेललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक युवतीको एमबिबिएस इन्ट्रान्स परिक्षामा नाम निकालिदिने भन्दै ३८ लाख बढी रकम लिएको आरोपछि उनलाई जिम्मेवारीबाट हटाएको पोखरेलले बताएका छन् ।

Ncell
Extreme Energy

सभापति पोखरेलले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना स्वकीय सचिव अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबर प्राप्त भएको र सो विषयमा अनुसन्धानलाई प्रभावित नहोस् भनेर आफूले जिम्मेवारीबाट हटाएको बताएका छन् । 

अनिलले सप्तरीकी एक युवतीको एमबिबिएस इन्ट्रान्स परिक्षामा नाम निकाल्दिने भन्दै उनका बाबु बौआलाल चौधरीसँग ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप छ । परिक्षामा नाम निकाल्दिने भन्दै पैसा लिएको तर नाम ननिक्लिएपछि ती युवतीका बाबुले उक्ट घटना बाहिर ल्याएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...