नेभिगेशन
सबै कुरा

संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने माओवादीकाे चेतावनी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दवाव दिने जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसँग छलफल गरेर दवाव सिर्जना गर्ने बताएका हुन् । उनले संसद छलेर सरकारले दलबिभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाए । सापकोटाले चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे ।

Ncell
Extreme Energy

बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रुपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले बताए । उनीहरुले समसामायीक परिस्थीति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेको उनले बताए । समाजवादी बिचारधारको बिकासका लागि, सवै पालीकाहरुमा समाजवादका आधारशीला खडा गर्ने गरि तयारी गर्नुपर्नेमा नेताहरुको जोड गरेको सापकोटाले जानकारी दिए । 

बैठकमा प्रचण्डले देशका सवै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरि विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सवै केन्द्रीय नेताहरु समेत सहभागी हुने बताएका थिए । स्थायी कमिटी बैठक शनिबार पनि बस्ने प्रवक्ता सापकोटाले बताए । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...