नेभिगेशन
सबै कुरा

संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने माओवादीकाे चेतावनी

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले संघीय संसदको अधिवेशन आह्वान नभए सरकारलाई दवाव दिने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले नियतबस संघीय संसदको अधिवेशन आह्वान नगरेको भन्दै संसदमा रहेका सवै दलसँग छलफल गरेर दवाव सिर्जना गर्ने बताएका हुन् । उनले संसद छलेर सरकारले दलबिभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको आरोप लगाए । सापकोटाले चाँडो भन्दा चाँडो संसदको अधिवेशन आह्वान गर्न सरकारलाई आग्रह समेत गरे ।

बैठकमा ३० जना स्थायी कमिटी सदस्यले अध्यक्ष प्रचण्डले मौखिक रुपमा राखेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको प्रवक्ता सापकोटाले बताए । उनीहरुले समसामायीक परिस्थीति, पार्टी रुपान्तरण, अहिलेको सरकारको क्रियाकलापका बारेमा, संविधान संशोधनाका बारेमा धारणा राखेको उनले बताए । समाजवादी बिचारधारको बिकासका लागि, सवै पालीकाहरुमा समाजवादका आधारशीला खडा गर्ने गरि तयारी गर्नुपर्नेमा नेताहरुको जोड गरेको सापकोटाले जानकारी दिए । 

बैठकमा प्रचण्डले देशका सवै तहका जनतामाझ पुगेर समस्या बुझ्ने गरि विभिन्न अभियान सञ्चालन गर्ने र त्यसमा अध्यक्षसहित सवै केन्द्रीय नेताहरु समेत सहभागी हुने बताएका थिए । स्थायी कमिटी बैठक शनिबार पनि बस्ने प्रवक्ता सापकोटाले बताए । पुष २१ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीको तयारीका लागि माओवादीको स्थायी कमिटीको बैठक निरन्तर बसिरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...