नेभिगेशन
सबै कुरा

रवि लामिछानेको प्रश्न : छिमेकी मुलुकका प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउनुपर्दैन ?

२५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली भूमिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे सरकारको धाराण माग गरेका छन् । उनले आजको संसदमा आकस्मिक समय माग गर्दै भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणबारे प्रश्न गरेका हुन् । उनले अहिले मोदीले भ्रमण गरेको स्थान नेपालको भूभाग भएको नेपाली भूभागमा छिमेकी देशका प्रधानमन्त्रीको भ्रमण हुँदा सरकारले जानकारी राख्नुपर्ने  बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘अहिले छिमेकी मित्र राष्ट्र भारतका प्रधानमन्त्रीले नेपाली भूभागको भ्रमण गरेको समाचार आएका छन् । उनले भ्रमण गरेको भूभाग सम्माननीय सभामुखको टेबल अघि राखिएको चुच्चे नक्साभित्रै पर्छ । म सरकार र पराराष्ट्रमन्त्रीलाई सोध्न चाहन्छु यत्रो ठूलो भ्रमण भ्रमण हुँदा सदन र जनतालाई जानकारी गराउनु पर्दैन ?’ लामिछाने प्रश्न गरे । 

त्यस्तै उनले यस विषयमा दार्चुलाका प्रम्ख जिल्ला अधिकारीसँग पनि कुरा गरेको बताएका छन् । प्रमुख जिल्ला अधिकारीले थाहा पायौं तर हामी जान पाउँदैनौं भन्ने जवाफ दिएको बताएका छन् । 

उनले छिमेकी राष्ट्रप्रमुख हाम्रो भूमिमा आउँदा सरकारले स्वागत गर्नुपर्दैन ? त्यसको औपचारिकता हुँदैन ? भनेर प्रश्न गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।