नेभिगेशन
सबै कुरा

जब महेश बस्नेतले भाषण सुरु गरे, तब सुरु भयो गाडीमाथि तोडफोड !

झापा : झापाको एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित कार्यकर्ताको दर्जन बढी गाडीहरुमा तोडफोड भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाई कार्यकर्ता र पहिचानवादीको समूहले गाडीमाथि तोडफोड गरेको एमाले कार्यकर्ताको आरोप छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

झापाको अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनमा सम्बोधन गर्न एमाले नेता महेश बस्नेत पुगेपछि कार्यक्रम चलिरहेकै बेला पार्किङ् गरेर राखिएका गाडीहरुमा तोडफोड भएको हो । 

Extreme Energy


महेश बस्नेतले भाषण सुरु गरेपछि गाडिमाथि तोडफोड गर्नुका साथै अपहरणकारी मुर्दावाद भन्दै नाराबाजी समेत गरेका थिए । 

गाडी फुटाएको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका कार्यकर्ता विक्रम सुब्बा पक्राउ गरेको छ । 

त्यसो त गत सोमबार काठमाडौँको जमलस्थित एल्लो प्यागोडा होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि होटल परिसरमै केही युवाको समूहले कालोमोसो दलेका थिए । 


युवाहरुले कालोमोसो दलेपछि एमाले नेता महेश बस्नेतले सामाजिक संजाल फेसबुकमा उत्तेजक अभिव्यक्ति दिएका थिए । उनले भनेका थिए, ‘बैक तथा बित्तीय संस्थालाई चुनौति दिने, विभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधीक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरुले आज तह लगाएछन् । अब सुध्रेउ, अरुलाई दोष नलगाउ । यस्तालाई सरकारले कारवाही गरोस । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईं ! ।

बस्नेतको अभिव्यक्तिपछि प्रसाईँले आफूमाथि भएको दुर्व्यवहारको बदला लिने खुलेआम चेतावनीसमेत दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै