नेभिगेशन
मुख्य कुरा

कोशी प्रदेशको मुख्यमन्त्री कार्की कि आङ्बो, अन्याैलमा प्रदेश प्रमुख ?

कोशी प्रदेशको  लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ सकिदै छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीका लागि आह्वान गरेको समय साँझ ५ बजे सकिने छ ।

Extreme Energy

अहिलेसम्म प्रदेशसभा सदस्यद्वय माओवादी केन्द्रका इन्द्र आङ्बो र कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् । दुबै जनाले आफ्नो पक्षमा रहेका भन्दै ४७/४७ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

संविधानको उपधारा ५ मा जोसुकै सांसदले पनि बहुमत सांसद पुर्‍याउन सके आफ्नो नेतृत्वमा सरकार गठन गर्नसक्ने व्यवस्था छ । तर दुबै उमेदवारले बराबर सांसदको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख अन्योलमा परेका छन् । उसो त केही सांसदको दुबै जनाले पेश गरेको सूचीमा हस्ताक्षर छ ।

यो अवस्थामा प्रदेश प्रमुख खापुङले सबै सांसदलाई बोलाएर हस्ताक्षर सनाखत गराउने पर्नेछ ।

अहिले प्रमुख खापुङ दुबै दाबेदारीका विषयमा कानुनी छलफलमा रहेको प्रमुखको सचिवालयले जनाएको छ ।संम्भवत साँझ ५ बजे पछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने छन् । बिहीबार मात्र सत्तागठबन्धन नेताहरूले कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेका थिए ।

तर कांग्रेसको शेखर कोइराला पक्षले भने आङ्बोलाई समर्थन गर्न नसकिने भन्दै एमालेका ३९ सांसदको समर्थन लिएर केदार कार्कीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरे । कोशी प्रदेशमा उपसभामुख बाहेक ३९ जना सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

एनपीएल सुरू भएसँगै रवि लामिछानेले भने– हामी सक्छौँ

शुभकामना सन्देशमा सभापति लामिछानेले भनेका छन्– ‘यो सफलता नेपाली खेलकुदमा हाम्रो शक्ति र सम्भावनाको बलियो उदाहरण हो। यो सफलताले  एउटै कुरा भन्छ की हामी सक्छौं।’
उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

गत  भदौ १० गते भोटेकोशी नदीमा गएको भीषण बाढीबाट प्रभावित  उत्तरगयाका गाउँपालिकाका जनतालाई होल्डिङ सेन्टरमै पुगेर आवेदन माग गरी नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी...
कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते

नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई त्यस समयमा शपथ ग्रहणमा उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।
मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन् ।

भर्खरै