नेभिगेशन
मुख्य कुरा

कोशी प्रदेशको मुख्यमन्त्री कार्की कि आङ्बो, अन्याैलमा प्रदेश प्रमुख ?

कोशी प्रदेशको  लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ सकिदै छ  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्रीका लागि आह्वान गरेको समय साँझ ५ बजे सकिने छ ।

Ncell
Extreme Energy

अहिलेसम्म प्रदेशसभा सदस्यद्वय माओवादी केन्द्रका इन्द्र आङ्बो र कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् । दुबै जनाले आफ्नो पक्षमा रहेका भन्दै ४७/४७ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

संविधानको उपधारा ५ मा जोसुकै सांसदले पनि बहुमत सांसद पुर्‍याउन सके आफ्नो नेतृत्वमा सरकार गठन गर्नसक्ने व्यवस्था छ । तर दुबै उमेदवारले बराबर सांसदको हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख अन्योलमा परेका छन् । उसो त केही सांसदको दुबै जनाले पेश गरेको सूचीमा हस्ताक्षर छ ।

यो अवस्थामा प्रदेश प्रमुख खापुङले सबै सांसदलाई बोलाएर हस्ताक्षर सनाखत गराउने पर्नेछ ।

अहिले प्रमुख खापुङ दुबै दाबेदारीका विषयमा कानुनी छलफलमा रहेको प्रमुखको सचिवालयले जनाएको छ ।संम्भवत साँझ ५ बजे पछि मात्रै मुख्यमन्त्री नियुक्त गर्ने छन् । बिहीबार मात्र सत्तागठबन्धन नेताहरूले कोशीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेका थिए ।

तर कांग्रेसको शेखर कोइराला पक्षले भने आङ्बोलाई समर्थन गर्न नसकिने भन्दै एमालेका ३९ सांसदको समर्थन लिएर केदार कार्कीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरे । कोशी प्रदेशमा उपसभामुख बाहेक ३९ जना सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्वोच्च अदालतको व्याख्या छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...