नेभिगेशन
सबै कुरा

गैह्रीगाउँ हत्या प्रकरण : अभियुक्तलाई आजीवन काराबासको मागदाबी सहित मुद्धा दर्ता

काठमाडौँ : काठमाडौँ गै‌रीगाउँ हत्या प्रकरणका अभियुक्त २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर भएको छ । ४ जनाको सामूहिक हत्या गरेको अभियोगमा उनीमाथि सरकारी वकिलको कार्यालयले आजीवन काराबासको मागदाबीसहित मुद्धा दर्ता गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भण्डारीको कपडा र हतियारमा लत्पतिएको रगत र मृतकहरुको डीएनए मिलेको प्रहरीको भनाई छ । 

Ncell
Extreme Energy

बुधबार उनीविरुद्धको अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । व्यक्तिगत प्रतिशोध (रिसिबी)का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । 

उनी फरक क्षमता (बोल्न नसक्ने) भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो । बयानका क्रममा सञ्जयले प्रहरीलाई नै चकित पार्ने बयान दिएपछि उनको ब्रेन म्यापिङ् समेत गरिएको थियो । 

भण्डारी गत भदौ २९ गते काठमाडौँको गैह्रीगाउँस्थित दिव्य सःमिलमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनले उक्त फर्निचरमा कार्यरत दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाका १९ वर्षीय विशाल राईको हत्या गरेको प्रहरीले बताएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

९५ कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ जना पक्राउ

प्रहरीले काठमाडौँ उपत्यकामा सञ्चालित बिभिन्न कन्सल्टेन्सीमा छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ ओटा कन्सल्टेन्सीमा छापा मारेको हो ।
वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

मेयर सिंहले अर्काकी छोरीलाई आफ्नो छोरी भनी किर्ते जन्मदर्ता गराई त्यसैका आधारमा नागरिकता र राहदानी लगायत सरकारी कागजात बनाइदिएको आरोपमा मुद्दा दायर भएको हो ।
ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना काठमाडौँबाट पक्राउ

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली तथा पर्वत कुश्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एवं...
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन/तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।