नेभिगेशन
सबै कुरा

गैह्रीगाउँ हत्या प्रकरण : अभियुक्त सञ्जय भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ : काठमाडौँको गैह्रीगाउँस्थित दिव्य सःमिलमा चार जनाको हत्या अभियोग लागेका २३ वर्षीय सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका ९ का भण्डारीलाई शुक्रबार काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लाथि कारागार चलान गर्न आदेश दिएको हो।

Ncell
Extreme Energy

प्रहरीले रायसहितको प्रतिवेदन पेस गरेपछि सामूहिक हत्या प्रकरणका अभियुक्त भण्डारीविरुद्ध शुक्रबार नै सरकारी वकिलको कार्यलयले मुद्दा दायर गरेको थियो । उनीमाथि सरकारी वकिलको कार्यालयले आजीवन काराबासको मागदाबीसहित मुद्धा दर्ता गरेको हो ।

भण्डारीले गत भदौ २९ गते काठमाडौँको गैह्रीगाउँस्थित दिव्य सःमिलमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनले उक्त फर्निचरमा कार्यरत दोलखाका ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाका १९ वर्षीय विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

उनलाई घटना भएको दुई दिनपछि सिसिटिभीको सहायताले भदौ ३१ गते काठमाडौँ प्रहरी परिसरले पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

बयानका क्रममा उनले नवीन राई भन्ने विशाल राईसँग आफ्नो रिसइबी रहेको र उनलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको साथै अन्यलाई घटना बाहिरिने डरले हत्या गरेको बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...