नेभिगेशन
सबै कुरा

नेपाली कांग्रेस नेपाली जनताको सुख दुःखको साथी : उपसभापति खड्का

 जाजरकाेट : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्दै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गरेर सुख दुःखको पार्टी भएर काम गर्नुपर्ने बताए । 

Extreme Energy

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले नेपाली कांग्रेसभित्र रुपान्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा कांग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैँबाट सुधारको सुरुवात गर्नुनै पार्टीको सहि रुपान्तरण हुनेमा जोड दिए । 

त्यस्तै खड्काले तीनवटै तहका निर्वाचित जनप्रतिनिधिलाई परिवारवाद, नातावाद र भ्रष्टाचारबाट टाढा रहेर नेपाल र नेपाली जनताको हित चिताएर मात्र काम गर्न निर्देशन समेत दिए ।

 सबै तहमा कांग्रेसका उम्मेद्वारलाई जिताउन आम मतदाता र कांग्रेस कार्यकर्ताले ठूलो मेहनत, त्याग र समर्पण गरेको भन्दै मतदाताको चित्त दुख्ने कुनै काम नगर्न पनि खड्काले आग्रह गरे । 

मुलकमा अहिलेसम्म भएका लोकतान्त्रिक आन्दोलन र अधिकारको लडाइँ कांग्रेसकै नेतृत्वमा भएको भन्दै उपसभापति खड्काले परिवर्तनको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...

भर्खरै