नेभिगेशन
सबै कुरा

नेपाली कांग्रेस नेपाली जनताको सुख दुःखको साथी : उपसभापति खड्का

 जाजरकाेट : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुःखको साथी पार्टी भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीनवटै तहमा पहिलो दल बनाएको उल्लेख गर्दै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गरेर सुख दुःखको पार्टी भएर काम गर्नुपर्ने बताए । 

Ncell
Extreme Energy

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्काले नेपाली कांग्रेसभित्र रुपान्तरणको कुरा चलिरहेको विषयलाई संकेत गर्दै नेपाली कांग्रेसका हरेक नेता कार्यकर्ता तथा कांग्रेसबाट निर्वाचित सबै तहका जननिर्वाचित प्रतिनिधिले आफैँबाट सुधारको सुरुवात गर्नुनै पार्टीको सहि रुपान्तरण हुनेमा जोड दिए । 

त्यस्तै खड्काले तीनवटै तहका निर्वाचित जनप्रतिनिधिलाई परिवारवाद, नातावाद र भ्रष्टाचारबाट टाढा रहेर नेपाल र नेपाली जनताको हित चिताएर मात्र काम गर्न निर्देशन समेत दिए ।

 सबै तहमा कांग्रेसका उम्मेद्वारलाई जिताउन आम मतदाता र कांग्रेस कार्यकर्ताले ठूलो मेहनत, त्याग र समर्पण गरेको भन्दै मतदाताको चित्त दुख्ने कुनै काम नगर्न पनि खड्काले आग्रह गरे । 

मुलकमा अहिलेसम्म भएका लोकतान्त्रिक आन्दोलन र अधिकारको लडाइँ कांग्रेसकै नेतृत्वमा भएको भन्दै उपसभापति खड्काले परिवर्तनको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै भएको बताए । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।