नेभिगेशन
सबै कुरा

युक्रेनको विषयमा वार्ताका लागि रुस तयार

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबारे वार्ताका लागि मस्को तयार रहेको बताउनुभएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेता पुटिनले भने, “हामीले जहिले पनि यो कुरा भन्दै आएका छौँ र म फेरि एकपटक यसमा जोड दिन चाहन्छु, हामी युक्रेनी बिषयमा वार्ताका लागि तयार छौँ ।”

Extreme Energy

राष्ट्रपति पुटिनले केही विषयमा विशेष ध्यान दिन आवश्यक रहेको बताउँदै भने, “प्रतिबन्धित भइसकेको अवस्थामा अब वार्ता कसरी सुरु गर्न सकिन्छ ?” वार्ताका अलागि पहिले प्रतिवन्ध खुकलो पार्नु आवश्यक छ । “यदि वार्ता पुनः सुरु भयो भने युक्रेनको वर्तमान कानुनी ढाँचाअन्तर्गत यो अवैध हुनेछ,” उनले भने, “जबसम्म यो आदेश जारी रहन्छ, तबसम्म यी वार्ताहरू सुरु गर्न सकिन्छ कि सकिंदैन वा ती सही तरिकाले पूरा गर्न सकिन्छ भन्ने विश्वास मलाई छैन । त्यसैले वार्ताका लागि वातावरण बनाउन पहिले अर्को चरणको छलफल जरूरी छ।” उनले भने, “युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूससँगको वार्तालाई निषेध गर्ने आदेश जारी गर्नुभएको थियो । के यो अवस्थामा वार्ता गर्न सम्भव छ ।” 

उनले केही प्रारम्भिक छलफल हुन सक्ने भए पनि युक्रेनी पक्षबाट विद्यमान प्रतिबन्धका कारण गम्भीर वार्ता गर्न कठिन हुने उल्लेख गरे । 

रूसी नेताले जेलेन्स्कीलाई वार्तामा प्रतिबन्ध लगाउने आदेश हटाउन र आफ्ना प्रायोजकहरूको आदेश पालना गर्न कुनै हतार नभएको बताएका छन् । उनले किएभलाई आर्थिक सहयोग गर्नेहरूले युक्रेनी नेतालाई वार्ताको वातावरण तयार पार्न दबाब दिनुपर्ने बताए । 

विश्व आर्थिक मञ्च (डब्लुईएफ) को डाभोसमा बिहीबार आयोजित वार्षिक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौताका लागि अमेरिकी प्रयास ‘आशाजनक रुपमा अघि बढेको’ बताएका हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...