नेभिगेशन
सबै कुरा

हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने

गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ । इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ । योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन।

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् । 

City Express

यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो। मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुभन्दा केही दिन अघि सम्झौताको घोषणा गरेका थिए । 

महिनौंको निरर्थक वार्तापछि यसलाई सुरक्षित गरेको श्रेय राष्ट्रपति ट्रम्पले दाबी गर्दै आएका छन् । हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले शुक्रबार टेलिग्राममा जारी विज्ञप्तिमा भनेका छन्, “कैदी आदानप्रदान सम्झौताअन्तर्गत कासम ब्रिगेडले भोलि चार जना महिला सैनिकलाई रिहा गर्ने निर्णय गरेको छ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले मध्यस्थकर्तामार्फत् नाम प्राप्त भएको पुष्टि गरेको छ । प्यालेस्टिनी स्रोतहरूका अनुसार बन्धकको आदान प्रदान ग्रीनविच समयअनुसार बिहान १० बजेभन्दा पहिले नै रिहाई सुरु हुन सक्छ, यद्यपि हमास र इजरायल दुवैले अपेक्षित समयको बारेमा बयान जारी गरेका छैनन्। 

इजरायलको जेल सेवाका अनुसार रिहा भएका प्यालेष्टिनीमध्ये केही प्यालेस्टिनी गाजा जानेछन् भने बाँकी वेस्ट बैङ्कमा फर्किनेछन् । इजरायलको इतिहासमै हमासले गरेको सबैभन्दा घातक आक्रमणपछि गाजामा बन्धक बनाइएका परिवारका सदस्यले १५ महिनाको पीडापछि आफ्ना प्रियजनको पुनरागमनको पर्खाइमा छन् । 

बन्धक बनाइरोद कोहेनकी आमा विक्की कोहेनले छोरीलाई बन्धक बनाएपछिको पीडा व्यक्त गर्दै भनिन्, “यो सम्झौता अन्तसम्म कार्यान्वयन नहुने चिन्ता र डरले हामी सबैलाई पिरोलिरहेको छ ।” गाजामा एक वर्षभन्दा लामो युद्धका कारण विस्थापित भएका परिवारहरू घर फर्कन चाहन्थे, तर धेरैले आफ्ना घरहरू भएको स्थान भग्नावशेष मात्र भटिएको बताएका छन् । विस्थापित महिला थेक्रा कासेमले एएफपीसँग भनिन्, “हामीले फर्किने बारे सोच्यौँ भने पनि विनाशका कारण हामीले पाल टाँग्ने ठाउँ छैन।” 

तीन चरण

युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको छ । गत आइतबारदेखि सुरु भएको पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ । बन्धक बनाइएका तीन इजरायली एमिली डामारी, रोमी गोनेन र डोरोन स्टेनब्रेचर घर फर्किसकेका छन् । 

बदलामा अधिकांश महिला र नाबालिकसहित ९० जना प्यालेस्टिनीलाई रिहा गरिएको थियो। अर्को चरणमा युद्धको थप स्थायी अन्त्यका लागि वार्ता हुनुपर्दछ, जबकि अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकहरूको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ । 

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीबित अवस्थामा रहेका विश्वास गरिएको छ । 

इजरायलको तथ्याङ्कअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारस्थित हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नईमले शुक्रबार एएफपीसँग कुरा गर्दै युद्धका कारण दक्षिणी गाजामा विस्थापित भएका प्यालेस्टिनीहरू शनिबारको रिहाईपछि उत्तरतर्फ फर्कन सक्ने बताएका छन् । 

युद्धविराम सुरु भएयता सयौँ ट्रक सहायता गाजामा प्रवेश गरिसकेको छ, तर विनाशकारी क्षेत्रभित्र यसको वितरण अझै ठूलो चुनौती बनेको छ। इजरायलले युद्धविरामको पूर्वसन्ध्यासम्म एउटा ठूलो अभियान चलाएको विशेष गरी उत्तरी क्षेत्रमा इजरायली सेनाको आक्रमणका कारण जनजीवन अस्तव्यस्त भएको छ । 

पहिलेका विद्यालयहरूमा बनाइएका अस्थायी आश्रयस्थलहरू, बमबारी गरिएका घरहरू र चिहानहरूमा हजारौँ मानिसहरूले जाडोको वर्षा र हावाहुरीबाट बच्नका लागि प्लास्टिकको पालकोसमेत अभाव रहेको सहायताकर्मीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...
चन्द्रमामा सन् २०३० भित्र मानव पठाउने चीनको लक्ष्य

चन्द्रमामा सन् २०३० भित्र मानव पठाउने चीनको लक्ष्य

चीनले बिहीबार सन् २०३० सम्ममा आफ्ना अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा अवतरण गराउने योजनालाई तीव्ररूपमा अघि बढाइरहेको घोषणा गरेको छ । यो लक्ष्य चीनको दीर्घकालीन उद्देश्य — अन्तरिक्ष अन्वेषणमा...