नेभिगेशन
सबै कुरा

हमासले शनिबार थप चार इजरायली बन्धकलाई रिहा गर्ने

गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गर्ने तयारी गरेको छ । इजरायलले घर फर्कन लागेका बन्धकहरूको नामहरूको सूची प्राप्त गरेको पुष्टि गरेको छ । योजनाअनुसार सबै कुरा भएमा इजरायली नजरबन्दबाट कति प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ भनेर कुनै पनि पक्षले निर्दिष्ट गरेको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् । कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् । 

Ncell
Extreme Energy

यो आदानप्रदान इजरायल र हमासबीच गत आइतबारदेखि लागू भएको युद्धविराम सम्झौताको एक भाग हो, जसको उद्देश्य द्वन्द्वको स्थायी अन्त्यको मार्ग प्रशस्त गर्नु हो। मध्यस्थकर्ता कतार र संयुक्त राज्य अमेरिकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ लिनुभन्दा केही दिन अघि सम्झौताको घोषणा गरेका थिए । 

महिनौंको निरर्थक वार्तापछि यसलाई सुरक्षित गरेको श्रेय राष्ट्रपति ट्रम्पले दाबी गर्दै आएका छन् । हमासको सशस्त्र शाखा इजेदिन अल–कासम ब्रिगेडका प्रवक्ता अबु ओबेदाले शुक्रबार टेलिग्राममा जारी विज्ञप्तिमा भनेका छन्, “कैदी आदानप्रदान सम्झौताअन्तर्गत कासम ब्रिगेडले भोलि चार जना महिला सैनिकलाई रिहा गर्ने निर्णय गरेको छ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले मध्यस्थकर्तामार्फत् नाम प्राप्त भएको पुष्टि गरेको छ । प्यालेस्टिनी स्रोतहरूका अनुसार बन्धकको आदान प्रदान ग्रीनविच समयअनुसार बिहान १० बजेभन्दा पहिले नै रिहाई सुरु हुन सक्छ, यद्यपि हमास र इजरायल दुवैले अपेक्षित समयको बारेमा बयान जारी गरेका छैनन्। 

इजरायलको जेल सेवाका अनुसार रिहा भएका प्यालेष्टिनीमध्ये केही प्यालेस्टिनी गाजा जानेछन् भने बाँकी वेस्ट बैङ्कमा फर्किनेछन् । इजरायलको इतिहासमै हमासले गरेको सबैभन्दा घातक आक्रमणपछि गाजामा बन्धक बनाइएका परिवारका सदस्यले १५ महिनाको पीडापछि आफ्ना प्रियजनको पुनरागमनको पर्खाइमा छन् । 

बन्धक बनाइरोद कोहेनकी आमा विक्की कोहेनले छोरीलाई बन्धक बनाएपछिको पीडा व्यक्त गर्दै भनिन्, “यो सम्झौता अन्तसम्म कार्यान्वयन नहुने चिन्ता र डरले हामी सबैलाई पिरोलिरहेको छ ।” गाजामा एक वर्षभन्दा लामो युद्धका कारण विस्थापित भएका परिवारहरू घर फर्कन चाहन्थे, तर धेरैले आफ्ना घरहरू भएको स्थान भग्नावशेष मात्र भटिएको बताएका छन् । विस्थापित महिला थेक्रा कासेमले एएफपीसँग भनिन्, “हामीले फर्किने बारे सोच्यौँ भने पनि विनाशका कारण हामीले पाल टाँग्ने ठाउँ छैन।” 

तीन चरण

युद्धविराम सम्झौता तीन चरणमा लागू गर्ने सहमति भएको छ । गत आइतबारदेखि सुरु भएको पहिलो ४२ दिनको अवधिमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनी कैदीको बदलामा ३३ जना बन्धकलाई फिर्ता गर्ने सम्झौतामा उल्लेख छ । बन्धक बनाइएका तीन इजरायली एमिली डामारी, रोमी गोनेन र डोरोन स्टेनब्रेचर घर फर्किसकेका छन् । 

बदलामा अधिकांश महिला र नाबालिकसहित ९० जना प्यालेस्टिनीलाई रिहा गरिएको थियो। अर्को चरणमा युद्धको थप स्थायी अन्त्यका लागि वार्ता हुनुपर्दछ, जबकि अन्तिम चरणमा गाजाको पुनर्निर्माण र मृत बन्धकहरूको शव वा उनीहरूको अवशेष फिर्ती हुनेछ । 

सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणका क्रममा हमासका लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ९१ जना गाजामा जीबित अवस्थामा रहेका विश्वास गरिएको छ । 

इजरायलको तथ्याङ्कअनुसार उक्त आक्रमणमा परी एक हजार २१० जनाको मृत्यु भएको थियो। इजरायलको जवाफी कारबाहीमा गाजामा कम्तीमा ४७ हजार २८३ जनाको मृत्यु भएको हमासको नियन्त्रण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारस्थित हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नईमले शुक्रबार एएफपीसँग कुरा गर्दै युद्धका कारण दक्षिणी गाजामा विस्थापित भएका प्यालेस्टिनीहरू शनिबारको रिहाईपछि उत्तरतर्फ फर्कन सक्ने बताएका छन् । 

युद्धविराम सुरु भएयता सयौँ ट्रक सहायता गाजामा प्रवेश गरिसकेको छ, तर विनाशकारी क्षेत्रभित्र यसको वितरण अझै ठूलो चुनौती बनेको छ। इजरायलले युद्धविरामको पूर्वसन्ध्यासम्म एउटा ठूलो अभियान चलाएको विशेष गरी उत्तरी क्षेत्रमा इजरायली सेनाको आक्रमणका कारण जनजीवन अस्तव्यस्त भएको छ । 

पहिलेका विद्यालयहरूमा बनाइएका अस्थायी आश्रयस्थलहरू, बमबारी गरिएका घरहरू र चिहानहरूमा हजारौँ मानिसहरूले जाडोको वर्षा र हावाहुरीबाट बच्नका लागि प्लास्टिकको पालकोसमेत अभाव रहेको सहायताकर्मीहरूले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...