नेभिगेशन
पैसाका कुरा

यशोदा फूड्सकाे ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाह नियुक्त

काठमाडौं । नेपालको खाद्य बजारकै अग्रणी, खाद्य पदार्थ उत्पादक तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी, यशोदा फूड्स प्रा.लिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एकसय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेत, यूएई, जापान, यूके, ईटली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।

Ncell
Extreme Energy

शुक्रबार, काठमाडौँको सोल्टीमोडस्थित हायात सेन्ट्रिकमा एक भव्य सम्मान समारोहको आयोजना गर्दै यशोदा फूड्सले उक्त घोषणा गरेको थियो । समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले खादा र फूलको गुच्छासहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रुपमा सम्मान गर्दै स्वागत गरेका थिए ।

ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्तिसँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाई छ । उनले आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीले विज्ञप्तिमार्फत विश्वास व्यक्त गरेको छ ।

ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा, उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

ग्लोबल कार्यकारी निर्देशकका रुपमा नियुक्त शाह व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार बृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिंग, व्यवसायको कार्यगत क्षमताको विस्तार तथा बृद्धि, संस्थागत विकास र टिम बिल्डिङका लागि ख्यातिप्राप्त व्यक्ति हुन् ।

उनको अनुभव तथा विशेषज्ञता प्रडक्शन, ईञ्जिनियरिंग, प्रडक्ट डेभलपमेन्ट, अपरेशन्स, प्रोजेक्ट्स, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेल्स, मार्केटिंग, अन्तर्राष्ट्रिय बजार बिस्तार र ३५ भन्दा बढी देशहरुमा मार्केटिंग तथा एडभरटाइजिंग लगायत रहेका छन् ।

‘यशोदा फूड्ससँग अनुबन्धित हुँदै सफलताको नयाँ रोमाञ्चक यात्राको साझेदार हुन पाउनु मेरो लागि ठूलो सम्मान तथा गौरवको विषय हो । गुणस्तर र नवप्रबद्र्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यस कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा म निकै उत्साहित छु ।’ समारोहमा आफ्नो मन्तब्य राख्दै शाहले भने, ‘कम्पनीको भिजनलाई आत्मसात गर्दै, कम्पनीलाई थप सफलता र उचाईँमा पुर्याउने म मेरो हार्दिक प्रतिवद्धता व्यक्त गर्दछु ।’

शाहको नियुक्तिले यशोदा फूड्सको निरन्तर सफलता, उन्नती, उत्कृष्टता, र नवीनताप्रतिको प्राथमिकतालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्राउने उद्देश्य लिएको छ । कम्पनी सदाझैँ आफ्ना उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै नेपाली अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पु¥याउन प्रतिबद्ध रहेको कार्यक्रम मार्फत जानकारी दिइयो । साथै, निकट भविश्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरु पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पैसाका कुरा
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...