नेभिगेशन
समाज

रसुवाको विनाशकारी बाढीबारे संसदीय समितिले थाले छलफल

अर्थ समितिले आज विपद् प्राधिकरणसँग छलफल गर्दै

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको सम्बन्धमा संसदीय समितिले छलफल थालेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीपछि खोज तथा उद्धार कार्य चलिरहेका बेला प्रतिनिधि सभाको अर्थ समितिले आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बोलाएर छलफल गर्न लागेको हो । 

Ncell
Extreme Energy

समिति सचिव लक्ष्मण अर्यालकाअनुसार रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्दार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा समितिले विपद् प्राधिकरणसँग छलफल गर्न लागेको हो । 

समितिले आजै विपद्‍बाट समग्र अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्दैछ । 

यसैगरी विपद् पछिको क्षति र प्रभावको मूल्याङ्कनका सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग पनि छलफल गर्दैछ । 

बैठक विहान ९:३० बजे सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

ग्यासको अभाव नहटेपछि संसदीय समितिले फेरि बोलायो मन्त्री र सचिव

काठमाडौँ उपत्यकासहित देशभर ग्यासको अभाव कायमै रहेपछि संसदीय समितिले मन्त्री र सचिव डाँकेको छ ।
आज यी स्थानमा भारी वर्षा हुने

आज यी स्थानमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढीबाट भएको भौतिक क्षति र आवश्यकताको मूल्याङ्कन (आरडिएनए) को विवरण यथार्थपरक बनाउन निर्देशन दिएका छन्।