नेभिगेशन
बाँकी कुरा

तामाङ समाज यूएई अबुधाबीद्वारा विदेशी भूमिमा रहेर बिभिन्न क्षेत्रमा आफ्नो छाप छोड्न सफल नेपालीहरुको सम्मान

काठमाडौँ । तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितीले यूएई रहेर बिभिन्न क्षेत्रमा आफ्नो छाप छोड्न सफल नेपालीहरुलाई सम्मान गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्मानित हुनेमा अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएईका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारी, कराते राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शान्ति तामाङ,  मध्यपुर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकोर बस चालक शान्ती भण्डारी र सामाजिक कार्यमा सक्रिय रहँदै आएकी पेमा तामाङ रहेका छन् । 

Extreme Energy

समितीद्वारा २५ जनावरी २०२५  शनिबारको दिन मञ्जुश्री संवत् २८६१ औँ डुल ल्हो (सर्प बर्ग) सोनाम ल्होछार था सेलो बिशेष कार्यक्रमको अवसर पारेर उनिहरुलाई सम्मान गरिएको हो । उक्त कार्यक्रम इन्डियन इस्लामिक सेन्टर, अबुधाबीमा आयोजना गरिएको थियो । 

सम्मानित सबैलाई नेपाली समाजका अध्यक्ष राम मोक्तान, तामाङ समाज यूएईका अध्यक्ष भिम दोङ्,  तामाङ समाज यूएईका सल्लाहकार सम्भु वाईवा, तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितीका अध्यक्ष लवाङ दोर्जे लगायतले खादा तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै तामाङ समाज यूएईका  संस्थापक कोषाध्याक्ष, पुर्बअध्यक्ष तथा प्रमुख संरक्षक  राम मोक्तानले सम्मानित सबैलाई बधाई दिए । 

कराते खेल मार्फत बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडी तथा हाल युएईको आबुधाबी स्थित वारियर एकेडेमीमा कराते प्रशिक्षण गराउदै आएकी शान्ति तामाङले कार्यक्रम आयोजकले फरक बिधामा अगाडी बढ्दै आएका नेपालीहरुलाई सम्मान गरेर अझै राम्रो काम गर्न प्रेरणा प्रदान गरेको बताईन।

उक्त कार्यक्रममा बोल्दै तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितीका उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक श्याम तामङले नेपालीहरु माझ चिरपरिचित मध्यपुर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी, सामाजिक कार्यमा सकृय रहदै आएकी पेमा तामाङ लगायत खेल क्षेत्रमा स्थापित ब्यक्तित्व हरुलाई सम्मान गर्न पाउदा खुशी लागेको र आगामी दिनहरुमा पनि बिभिन्न संस्थाहरुले पनि यसको अनुसरण गर्दै बिभिन्न क्षेत्रमा राम्रो काम गर्दै आएका नेपालीहरुलाई हौसला प्रदान गर्नको निम्ती यस्तै कार्यक्रम आयोजना गर्न सुझाब दिए।

कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो । तामाङ समाज यूएई तथा अबुधाबी क्षेत्रीय समितीले बिभिन्न सामाजिक कार्यहरुमा अग्रसर रहेर कार्य गर्दै नेपाली समुदायलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बाँकी कुरा
ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको दिशा निर्धारण गर्न अमेरिकामा मध्यावधि निर्वाचन हुँदै

प्रतिनिधिसभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन् । डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ...
इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका...
साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

साउदी अरबमा ड्रोन आक्रमणपछि भग्नावशेष खस्दा एक नेपालीको मृत्यु, नेपाल सरकारद्वारा कडा निन्दा

मन्त्रालयले नागरिक तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी गरिने सबै प्रकारका आक्रमणको स्पष्ट रूपमा निन्दा गरेको छ। नागरिकको जीवन र सुरक्षामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै नेपालले यस्ता...
ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

ममता काफ्ले सम्झिएर अमेरिकी अदालतमा भक्कानिइन् आमा गीता, साथी सरिताले दिइन् सनसनीपूर्ण वयान

आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरेको र उनको शव लुकाएको आरोप (शव अहिलेसम्म फेला परेको छैन) सामना गरिरहेका मनासास पार्कका बासिन्दा नरेश भट्टविरुद्धको मुद्दामा बिहीबार अदालतमा सात...