नेभिगेशन
सबै कुरा

एसीसी यू–१९ प्रिमियर कप : बहराइनले दिएको ७८ रनको लक्ष्य नेपालले ११.४ ओभरमै गर्यो पुरा

नेपालले जारी एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा बहराइनलाई ७ विकेटले हराएको छ । बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य पच्छ्याएको नेपालले ११.४ ओभरमा उक्त लक्ष्य पुरा गर्यो । नोपलका लागि देव खनाल र अर्जुन कुमालले अविजित  ३२ रन बनाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिले ब्याटिङ गरेको बहराइनले ३७.५ ओभरमा अल आउट हुँदै  मात्र ७७ रन मा जोड्न सफल भएको थियो । नेपालका लागि दिपेश कँडेलएक्लैले ६ विकेट लिएका थिए । उनले ९ दशमलव ५ ओभर बलिङ गर्दा ४ रन मात्र दिए । त्यस्तै दुर्गेश गुप्ता ४ विकेट लिन सफल भए । गुप्ताले भने ८ ओभर बलिङ गर्दा २२ रन खर्चिएका थिए ।

Ncell
Extreme Energy

एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितका शिर्ष ३ टोलीले पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्नेछन् । प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

नेपालले अर्को खेल साउदी अरबसँग खेल्दैछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने चार वर्षपछि फेरि बने कप्तान

सन्दीप लामिछाने नेपाली राष्ट्रिय टोलीको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) कप्तान बनेका छन् । सन्दीप चार वर्षपछि राष्ट्रिय टिमको कप्तानीमा फर्केका हुन् ।
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्डससँग नेपाल पराजित

आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल नेदरल्यान्डसँग पराजित भएको छ ।
मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का ले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए । उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा...
इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

इन्डिया ‘ए’सँग नेपालले कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजित सैकियाबीच भएको बैठकपछि यो सिरिज तय भएको जनाइएको छ ।