नेभिगेशन

क्रिकेट

एनपीएलमा लुम्बिनीको प्रभावशाली सुरुवात, सुदूरपश्चिममाथि ७ विकेटको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा लुम्बिनी लायन्सले प्रभावशाली सुरुवात गरेको छ । उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटको जित निकाल्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएको थियो । ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमै भेट्टायो । 

लुम्बिनीका लागि डार्सी शर्टसले १८ बलमा ४० रन बनाए । त्यस्तै अर्का ओपनर आसिफ शेख २५ बलमा ३२ रन बनाएर आउट भए । निरोसान डिक्वेलाले १० बलमा ७ रन बनाए । क्याप्टेन रोहित पौडेल ५ र शमिम हुसेन १ रनमा अविजित रहे । 

त्यसअघि प्रधानमन्त्री बालेन शाहले कीर्तिपुर मैदानमा प्रतियोगिताको उद्घाटन गरेका थिए । एनपीएलको यो सिजनमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्