नेभिगेशन
सबै कुरा

त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ। हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला राईले बताइन्। “तीनवटा धर्मको संगमस्थल हाम्रो नगरपालिकामा छ। यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ। यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ,” उनले भनिन्, “विश्व सम्पदा सूचीमा सूचीकृत भएको खण्डमा चौतर्फी विकास गर्न सकिन्छ। यसका लागि विभिन्न निकायसँग छलफल शुरू गरिएको छ।”

Ncell
Extreme Energy

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किरात राई समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बुद्धत्व प्राप्त गरेको, हलेसी गुफानजिकै किरात समुदायको उद्गम थलो तुवाचुङ रहेको लगायत आधारमा हलेसीलाई त्रिधार्मिकस्थल मान्ने गरिएको छ। मारातिका गुम्बासमेत रहेकाले हलेसीमा विश्वभरका बौद्ध धर्मावलम्बीले चार–पाँच महिना बसेर ध्यान गर्ने गरेका छन्।

त्रिधार्मिकस्थल हलेसीको दर्शन तथा अवलोकन गर्न स्वदेशीबाहेक चीन, भारत, भुटान, सिंगापुर, जापान, रुस, फ्रान्स, युक्रेन, अमेरिकालगायतका पर्यटक आउने गरेका छन्। यातायातको सुविधा भएसँगै पछिल्लो समय दैनिक सयौँको संख्यामा पर्यटक आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि विश्वप्रसिद्ध हलेसीमा ठुल्ठूला चट्टानको बीच भागमा रहेको गुफाभित्र विराजमान शिवलिंग र पार्वतीको मन्दिर छ। हलेसी मन्दिरको मुख्य गुफाको ठिक पछाडिपट्टि उस्तै ठूलो बसाहा गुफा छ। गुफाभित्र छिरेपछि देखिने आकाशको दृश्य प्राकृतिक सौन्दर्यको अनुपम उपहार हो।

उसो त यी दुई गुफाका अगाडि उत्रै ठूलो भैरव नामक प्राकृतिक गुफा छन्, यी प्राकृतिक भूबनोटलाई अवलोकनकर्ताले विश्वकै नमूना मान्छन्। सगरमाथा हिमशृंखलाको काखमा अवस्थित यी गुफाको प्राकृतिक सौन्दर्यताको वर्णन मात्र हो। दिक्तेलबाट ४० किलोमिटर पश्चिममा पर्ने हलेसी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्छ। शिवपार्वतीको पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। जिल्लाबाट तराईसँगको सिधा यातायात शुरू भएसँगै हलेसी आवतजावत गर्ने तीर्थयात्री तथा पर्यटकको भीड लाग्न थालेको हो।

सडक नपुगेसम्म लामीडाँडा विमानस्थलको अर्काे विकल्प नभएको हलेसीमा अहिले जयरामघाटस्थित दूधकोशी र हर्कपुरस्थित सुनकोशीमा पक्की पुल बनेपछि सहज रूपमा बस तथा जीपमा यात्रा गरेर आउन तथा जान सकिन्छ। कतिपय दर्शनार्थी तथा अवलोकनकर्ता सिधै हेलिकप्टर चार्टर गरेर हलेसी आउने गरेका छन्।

तीन ठूला प्राकृतिक गुफाको अवलोकलन तथा दर्शन गर्न मध्यपहाडी राजमार्ग हुँदै काठमाडौँबाट सात घण्टाको बस तथा जीप यात्रापछि हलेसी पुग्न सकिन्छ। तराईका विभिन्न जिल्लाबाट उदयपुर–ओखलढुंगाअन्तर्गतको सिद्धिचरण राजमार्ग हुँदै पनि हलेसी आउन सकिन्छ। यीबाहेक लामीडाँडा र खानीडाडाँ विमानस्थलमा ओर्लिएर केही घण्टाको बस तथा जीप यात्रापछि पनि हलेसी पुग्न सकिन्छ। हलेसी गुफाभित्र शिवपार्वतीको मन्दिरसँगै धर्मद्वार, पापद्वार, स्वर्गद्वारजस्ता विभिन्न द्वार छन्। जहाँ छिरे पाप नष्ट हुने, धर्म कमाइने आदि जनविश्वास छ। 

यहाँ चैतमा रामनवमी मेला १५ दिन, मंसिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ। मेलाका अवसरमा अर्बौँको कारोबार हुने उद्योग वाणिज्य संघ खोटाङले जनाएको छ। 

हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा विकास गर्न सरकारले २०५३ सालदेखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाएको हो। हलेसी आउने तीर्थयात्री तथा पर्यटकलाई बस्ने, खाने र दर्शन एवं अवलोकनका लागि सहज वातावरण बनाउनेतर्फ केन्द्रित भएर कार्यक्रम सञ्चालन भइरहेको छ। स्थानीय सरकारले हलेसीको चौतर्फी विकासमा सहयोग उपलब्ध गराउँदै आएको छ।

बाह्रै महिना उत्तिकै मात्रामा दर्शनार्थी र पर्यटकको चहलपहल रहने हलेसी गुठी संस्थान, विकास समिति र मन्दिर व्यवस्थापन समितिको लगानीमा प्रवेशद्धार, सिँढी, हवन कुण्डलगायत भौतिक पूर्वाधार निर्माण गरिएको छ। नगरपालिकाको लगानीमा मन्दिरको प्रांगणमा ब्लक बिछ्याइएको छ। मन्दिर व्यवस्थापन समितिको लगानीमा डोरामाला बिक्रीवितरण गर्ने टहरा निर्माण गरिएको छ। यसअघि जथाभाबी राखेर बिक्री गरिँदै आएको डोरामालालाई व्यवस्थित गर्न टहरा निर्माण गरिएको हो।

लामो समयअघिदेखि मन्दिरभित्र बालिने सिन्केधुपलाई व्यवस्थित गर्न नगरपालिकाले मुख्य प्रवेशद्वारको बाहिरपट्टि बाल्ने व्यवस्था मिलाएको छ। नगरपालिकाकै लगानीमा मन्दिर परिक्रमा गरिने पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नति गरिएको छ। नेपाल आयल निगम र नगरपालिकाको साझेदारीमा शुरू गरिएको धर्मशाला निर्माणाधीन अवस्थामा छ। 

हलेसीमा पछिल्लो समय होटल तथा व्यापार–व्यवसाय फस्टाउँदै गएको छ। आसपासमा सुविधासम्पन्न होटल तथा रेस्टुराँ खुलेका छन्। होटल तथा रेस्टुराँलाई व्यवस्थित गर्न नगरपालिकाले समेत चासो दिएको छ।

हलेसी आउने दर्शनार्थी एवं पर्यटकलाई सहज रूपमा खानेपानी तथा नुहाउने व्यवस्था मिलाउन पानीको व्यवस्था मिलाइएको छ। सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा लोचाखोला खानेपानी आयोजना तथा सोही स्थानमा सञ्चालन गरिएको डिपवोरिङमार्फत पानीको व्यवस्था मिलाइएको छ। 

हलेसीको भावी योजनाअन्तर्गत हलेसी गुरुयोजना निर्माणको काम थालिएको छ। पछिल्लो समय स्थानीयवासीको अतिक्रमणमा पर्दै गएको हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माण थालिएको हो।  संरक्षण, प्रवर्द्धन, भौतिक तथा पर्यटन विकासलाई ध्यानमा राखेर गुरुयोजना निर्माण शुरू गरिएको जनाइएको छ। गुरुयोजना निर्माणका लागि विभागबाट भूगर्भविद्को टोली झिकाएर सर्वेक्षणको काम सम्पन्न गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

दुबई–पोखरा सीधा उडान सुरु गरेकाे ‘फ्लाई दुबई’लाई पोखरामा यसरी गरिँदैछ स्वागत

फ्लाई दुबईले दुबई–पोखरा–दुबई सीधा उडान सेवा सुरु गरेका अवसरमा पोखरामा आयोजना गर्न लागिएको औपचारिक स्वागत समारोह भने संयुक्त अरब इमिरेट्स (यूएई) का राजपरिवारका सदस्य शेख अहमद बिन राशिद...
नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले  घट्यो

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३३ अङ्कले घटेर ४६७ दशमलव ४६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक दुई दशमलव ६० अङ्कले घटेर १८०...
प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

प्रतितोला १०० रुपैयाँ बढ्यो सुनको मूल्य

हिजो छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७७५ मा कारोबार भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ ।

भर्खरै