नेभिगेशन
मुख्य समाचार

गृह मन्त्रालयले तोक्यो हड्ताल गर्न नपाउने २५ वटा अत्यावश्यक सेवा (सूचीसहित)

काठमाडौँ । सरकारले हड्ताल गर्न नपाउने २५ वटा अत्यावश्यक सेवाको सूचना राजपत्रमा प्रकाशित गरेको छ । 

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३(१) अनुसार गृह मन्त्रालयले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेश सूचना जारी गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृह सचिव राजकुमार श्रेष्ठकाअनुसार आवश्यक सेवामा अवरोध नहोस् भनेर यो सूचना जारी गरिएको हो । 

Ncell
Extreme Energy

राजपत्रमा प्रकाशित सूचनाअनुसार हड्ताल निषेध गरिएका २५ वटा सेवा यसप्रकार छन्:

१) डाँक, तार वा टेलिफोन सेवा 

२) जल, स्थल वा हवाई मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा 

३) हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४) हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

५) प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा 

६) हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७) सञ्चार सेवा

८) अन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९) खानेपानीको सञ्चालन तथा वितरण सेवा 

१०) पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा

११) पेट्रोलियम पदार्थ (एलपी ग्यास समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा 

१२) अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)

१३) औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा

१४) फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधानर निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा 

१५) बैंकिङ सेवा

१६) बिमा सेवा 

१७) विद्युत सेवा 

१८) दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

१९) मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

२०) मास्क सम्बन्धी सेवा 

२१) ह्याण्ड सेनिटाइजर सम्बन्धी सेवा 

२२) भेटेरिनरी सेवा 

२३) कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा 

२४) राहदानी विभागबाट प्रदान हुने सेवा 

२५) इन्टरनेट सेवा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ ।
दोसल्लेका नौ परिवार पहिरोबाट विस्थापित

दोसल्लेका नौ परिवार पहिरोबाट विस्थापित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् ।
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै

पाकिस्तानको ‘ब्रोड पिक’मा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ ।