नेभिगेशन
समाज

एमालेले माग्यो सांसदहरुलाई स्वकीय सचिवको सुविधा

काठमाडौं। नेकपा एमालेले सांसदहरुलाई स्वकीय सचिवको सुविधा माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईले सांसदहरूलाई स्वकीय सचिवको सुविधा माग गरेका हुन् । 
धनकुटाबाट निर्वाचित एमाले सांसद राईले आज  सांसदहरूले यस अगाडि पाइराखेको स्वकीय सचिवहरूको सुविधा दिन माग गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसद राईले सांसदहरूले स्वकीय सचिवको सुविधा निरन्तर पाउनुपर्ने बताए ।

Ncell
Extreme Energy

यसअघि पनि विभिन्न दलका सांसद एवं नेताहरूले सांसदलाई स्वकीय सचिव उपलब्ध गराउनुपर्ने भन्दै सरकारमाथि दबाब सिर्जना गरेका थिए । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठकमै सांसदहरूको सुविधा कटौती भएकोमा विरोध गर्दै सुविधा निरन्तरता दिनुपर्ने बताएका थिए।

संसदमा सहभागी दल तथा तिनका सांसदहरुको दबाब थेग्न सरकारलाई मुस्किल परेको छ । सांसदहरुको दबाबका कारण सरकार पनि सांसदहरूलाई नीति निर्माणमा सहयोगी हुने गरी स्वकीय सचिवको व्यवस्था गर्न सकारात्मक देखिन्छ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले सांसदहरुले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।