नेभिगेशन
समाज

कोशी सरकारको बजेट ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । 

सोमबार कोशी प्रदेशसभा बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुल विनियोजित बजेटमध्ये चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख, वित्तीय व्यवस्थातर्फ १५ करोड र वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री लिङ्थेपले बताए।

Ncell
Extreme Energy

त्यस्तै उहाले खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड रुपैयाँ संकलन हुने अनुमान रहेको उल्लेख गरे।

त्यसैगरि सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब १२ करोड, अतिरिक्त सशर्त अनुदानतर्फ ५ अर्ब ९५ करोड रुपैयाँ, समपूरक अनुदानबाट ६४ करोड रुपैयाँ, विशेष अनुदानबाट ५५ करोड, रोयल्टी बापत प्राप्त हुने ४१ करोड र सोझै भुक्तानीबाट प्राप्त हुने २० करोड स्रोतका रूपमा परिचालन गरिने उनले बताए।

उल्लेखित स्रोतहरुबाट खर्च व्यहोर्नेगरि न्यून रहेको ५ अर्ब रुपैयाँ नगद मौज्दातबाट ब्यहोरिने समेत मन्त्री लिङ्थेपले जानकारी गराएका थिए।

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमा १२ अर्ब ३८ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जा क्षेत्रको विकासका लागि ६ अर्ब २८ करोड रुपैयाँ र कृषि क्षेत्रको विकास, आधुनिकीकरण र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले ६ अर्ब २८ करोड रुपैयाँ बिनियोजन गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

नेपाल विद्युत् प्राधिकरण (एनईए) ले दमक, गौरादह र इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका कार्यहरू अघि बढाएको छ ।
डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।