नेभिगेशन
समाज

बागमती सरकारको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाको बजेट ल्याएको छ।

सोमबार बसेको बागमती प्रदेश सभा बैठकमा बागमतीका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक बषएको बजेट प्रस्तुत गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले आगामी आर्थिक वर्षमा चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ अर्थात ३४ दशमलव ३१ प्रतिशत र पुँजीगत तर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ अर्थात ६५ दशमलव ६९ प्रतिशत विनियोजन गरिएको जानकारी दिए।

Ncell
Extreme Energy

बजेट कार्यक्रम कार्यान्वयनका लागि खर्च व्यहोर्ने स्रोततर्फ राजस्व बाँडफाँडबाट प्राप्त हुने राजस्वबाट ३० अर्ब १५ करोड ६ लाख रुपैयाँ, अन्य राजस्व स्रोतबाट ७ अर्ब ७३ करोड रुपैयाँ, सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापत १५ अर्ब ३१ करोड ४८ रुपैयाँ प्राप्त हुने अनुमान रहेको उनले बताए।

त्यस्तै मन्त्री तामाङले संचित कोष बचत विविध प्राप्तीबाट १२ अर्ब  ७६ करोड ७९ लाख रुपैयाँ र अन्य संस्था तथा ऋण लगानी फिर्ताबाट ९६ करोड रुपैयाँ पर्याप्त हुने अनुमान गरिएको उनले बताए।

मन्त्री तामाङले प्रदेशमा लगानीको वातावरण तयार गर्ने तथा आर्थिक क्रियाकलापमा बृद्धि हुने गरि राजस्व नीति प्रस्ताव गरेको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

पूर्वमा विद्युत आपूर्ति प्रणाली बलियो बनाउन कस्सियो एनईए

नेपाल विद्युत् प्राधिकरण (एनईए) ले दमक, गौरादह र इटहरी क्षेत्रमा विद्युत् आपूर्तिको विश्वसनीयता, भोल्टेज र प्रणाली क्षमता सुधार गर्न वितरण प्रणाली सुदृढीकरणका कार्यहरू अघि बढाएको छ ।
डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

डिडिसीको आक्रामक विस्तारका लागि कृषि मन्त्री चौधरी सक्रिय : उपत्यकामा थप ८ वटा काउन्टर,  किसानलाई धमाधम भुक्तानी

प्रधानमन्त्री वालेन्द्र शाहले प्रवर्द्धन गरेको दुग्ध विकास संस्थानले आक्रामक बजार विस्तार गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।