नेभिगेशन
सबै कुरा

हिँडेर अमेरिका, उडेर स्वदेश फिर्ताः १३ सय नेपालीलाई घर पठाउँदैछन् ट्रम्प

काठमाडौँ । सुन्दर भविष्यका कल्पना गर्दै तल्लो बाटो अमेरिका पुगेका केही नेपाली, ठुलो ऋणको भारी, पश्चतापको आत्मग्लानीसँगै अवैध आप्रवासीको बिल्ला भिरेर आकाशको बाटो भएर नेपाल फर्किदै छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

दोस्रो पटक राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले जनवरी २० मा शपथ लिएसँगै अवैध रूपमा बसिरहेकालाई ‘डिपोर्ट’ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

त्यो सँगै अवैध रुपमा अमेरिका बसेका आप्रवासीहरू पक्राउ पर्ने र देश निकाला हुने क्रम चर्किएको छ । यही मेसोमा आधिकारिक कागजातबिना अमेरिकामा बस्दै आएका, अमेरिकी अदालतले निष्कासनको आदेश दिएका लगायतका १३ सय भन्दा धेरै नेपाली सहित करिब १५ लाख आप्रवासी अमेरिकाबाट अपमानपूर्वक देश निकाला हुँदै छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्तारोहण गरेको एक सातामा अमेरिकाबाट देश निकाला हुने आधिकारिक कागजात बिना बसेका आप्रवासीहरूको सङ्ख्या करिब ३ हजार नाघेको अन्तराष्ट्रिय सञ्चार माध्यममहरूले जनाएका छन् ।

आप्रवासीलाई देश निकाला गर्ने योजनाको पहिलो चरणका कार्यान्वयनमा गर्ने सूचीमा १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीहरू छन् । जस मध्ये १३ सय ६५ जना नेपालीहरू पनि रहेका छन् । 

अमेरिकाको इमिग्रेसन एन्फोर्समेन्टले सार्वजनिक गरेको सूची अनुसार सन् २०२४ को नोभेम्बर २४ सम्म सबै कानुनी प्रक्रिया टुङ्गिएर देश निकाला गर्न अदालतबाट अन्तिम आदेश परिसकेकाहरूको सूची हो । त्यसपछि भने पनि सङ्ख्या थपिएको हुन सक्ने अधिकारीहरू बताउँछन् । 

यो सूचीमा नेपाली बाहेक चीन र भारतबाट अमेरिका छिरेर आधिकारिक कागजपत्र विना बसोबास गर्ने अवैध आप्रवासीको सङ्ख्या ठूलो छ, जो पहिलो चरणमा देश निकाला हुँदैछन् । 

चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४०, बङ्गलादेशका ४ हजार ८ सय ३७ अफगानिस्तानका १७ सय ८ जना आप्रवासी पनि देश निकालामा पर्ने छन् । यस्तै, दक्षिण अमेरिकी देश ग्वाटेमालाका २ लाख ५३ हजार ४१३ र होन्डुरसका २ लाख ६१ हजार ६५१ जना पनि देश निकालामा पर्ने भएका छन् । देश निकालामा पर्ने मध्ये मेक्सिकोका आप्रवासीको सङ्ख्या २ लाख ५२ हजार ४४ रहेको छ ।

अमेरिकामा ट्रम्प सरकारले आप्रवासीहरूलाई अमेरीकाको समस्या भन्दै आएको छ । अमेरिकी समाचार एजेन्सीहरुका अनाधिृकत आप्रवासीको सङ्ख्या सन् २०२२ मा आइपुग्दा १ करोड २२ लाख पुगेको छ । जसमध्ये मेक्सिकोका आप्रवासीहरूको सङ्ख्या ४० लाख रहेको छ भने एल साल्भाडोरका ७ लाख ५० हजार, भारतका ७ लाख २५ हजार, ग्वाटेमालाका ६ लाख ७५ हजार, होन्डुरसका ५ लाख २५ हजार र भेनेजुएलाका २ लाख ७० हजार छन् । 

प्यु रिसर्च सेन्टरका अनुसार अनधिकृत आप्रवासीमध्ये १८ लाख क्यालिफोर्निया राज्यमा रहेका छन् भने टेक्सासमा १६ लाख, फ्लोरिडामा १२ लाख, न्युयोर्कमा ६ लाख ५० हजार, न्युजर्सीमा ४ लाख ७५ हजार र इलिनोईमा ४ लाख अनधिकृत आप्रवासी रहेका छन् । त्यस्तै, जर्जियामा ३ लाख ५० हजार, नर्थ क्यारोलाइनामा ३ लाख २५ हजार, मासाचुसेट्समा ३ लाख र वासिङ्टनमा ३ लाख अनधिकृत आप्रवासी छन् ।

अमेरिकी सरकारका अनुसार अनधिकृत आप्रवासी नेपालीहरू १३ सय ६५ रहेका छन् । नेपालबाट ब्राजिल, मेक्सिको, ग्वाटेमालालगायतका मुलुक हुँदै अमेरिका प्रवेश गर्ने नेपालीहरूको सङ्ख्या निकै ठुलो छ ।

नेपालका दाङ, रुकुम, पर्वत, स्याङजा, सुर्खेत, बाँके लगायत जिल्लाहरुबाट सयाँैको संख्यामा नेपालीहरू तल्लो बाटो अर्थात अवैध बाटो हुँदै अमेरिका छिरेका छन्, कोहि अहिले पनि विच बाटोमा रहेका । अमेरिका छिर्ने क्रममा कतिपय नेपाली पक्राउ पनि परेका छन् । र, कतिपयको ज्यानसमेत गएको छ ।

अमेरिकामा आप्रवासीहरका लागि वकालत गरिरहेका नेपाली मुलका एक अधिकारीका अनुसार अदालतबाट देश निकालाको ओदश पाइसकेपनि टीपीएस अर्थात टेम्पोररी प्रोटेक्ट स्टाटसमा रहेका करिब २ हजार नेपाली पहिलो चरणमा देश निकालाको सूचिमा नपर्ने सम्भावना रहेको बताउँछन् । 

अहिले सार्वजनिक भएको सूचि त्यस बाहेकका अर्थात उनीहरु आइसीईको सूचिमा रहेका नेपालीहरू हुन् । त्यस मध्ये कति नेपालीलाई अमेरीकी संयन्त्रले पक्राउ गरि नेपाल फर्काइने प्रक्रियामा छ भन्ने बाहिरिएको छैन ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार अमेरिकामा अहिले ३ लाखभन्दा बढी नेपालीमूलका बासिन्दा छन् । जसमध्ये २ लाखले ग्रिनकार्ड र करिब ८७ हजारले अमेरीकी नागरिकता प्राप्त गरेका छन् । यस्तै २० हजार विद्यार्थी छन् भने २० हजारले शरणार्थीका रूपमा आवेदन दिएका छन् । 

साथै, ७ हजार ५ सयले अस्थायी आवासीय अनुमति पाएका छन् । यी नेपालीहरुलाई भने कुनै समस्या पर्ने जानकारहरु बताउँछन् । 

अमेरीकी सरकारको आप्रवासी सम्बन्धी विभाग आइसीसीले पहिलो चरणमा पहिलो चरणमा पूर्ण रूपमा कानुनी कागजपत्रविहीन, आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट आदेश गरिएका र पहिले नै देश छाड्न भनिएकालाई पक्राउ गरि देश निकाला गरिने जनाउँदै आएको छ । 

अमेरिकी सञ्चारमाध्यम वासिङ्टन पोस्टका अनुसार ट्रम्प प्रशासनले आईसीईलाई हरेक दिन कम्तीमा १२ सयदेखि १५ सय अनधिकृत आप्रवासीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । एनबीसी न्युजका अनुसार आइतबार वासिङ्टन, न्युयोर्क, क्यालिफोर्निया, लुजियाना, कोलोराडो, इलिनोइलगायत राज्यबाट पक्राउ गरि देश निकाला गरिएको हो । 

यसरी देश निकाला गरिएका आप्रवासीहरूलाई उनीहरुका देशमा स्विकार नगरेको खण्डमा ती देशहरु माथि समेत अमेरिका कठोर बन्ने संकेत गरिसकेको छ । 

अमेरिकाले देश निकाला गरि कोलम्बिया पु¥याइएको आप्रवासीहरूलाई कोलम्बियाले स्विकार गरेपछि कोलम्बियालाई ट्रम्पको एउटै निर्णयले थला पारिदिएको छ । सुरुमा अमेरिकाबाट फिर्ता ल्याइएका आप्रवासी रहेका सैनिक विमान अवतरणका लागि कोलम्बियाले अनुमति दिएको थिएन । त्यसलगत्तै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो र ट्रम्पबीच वाकयुद्ध चलेको थियो ।

त्यसलगत्तै राष्ट्रपति ट्रम्पले कोलम्बियाविरुद्ध नयाँ प्रतिबन्ध र नीतिहरूको घोषणा गरे । उनले ‘आपत्कालीन २५ प्रतिशत कर’ लगाउने र केही सातामा ५० प्रतिशत पुर्याइने चेतावनी दिएका थिए । त्यसका साथै उनले कोलम्बियाली नागरिकका लागि यात्रा प्रतिबन्ध र कोलम्बियाली अधिकारीहरूको भिसा रद्द गर्ने घोषणा गरे । ट्रम्पको घोषणाको केही घण्टापछि कोलम्बियाका राष्ट्रपति पेट्रोले पनि वाणिज्य मन्त्रालयलाई अमेरिकी आयातमा २५ प्रतिशत कर बढाउन आदेश दिएका थिए । तर, ट्रम्पको चेतावनीपछि कोलम्बियाले ‘राष्ट्रपति ट्रम्पका सबै सर्तहरु’ मा सहमत भएको जनाउँदै सैन्य विमानहरूमा फिर्ता पठाइएका आप्रवासीलाई स्वीकार गर्ने निर्णयमा पुग्यो । 

उसो त अमेरिकाको राष्ट्रपति कार्यालयले राष्ट्रपति ट्रम्पले राष्ट्रको सार्वभौमसत्ताको रक्षा गर्ने र अमेरिकामा अनधिकृत रूपमा रहेका आफ्ना नागरिकको निर्वासनलाई स्वीकार गर्न विश्वका अन्य सबै राष्ट्रहरूले सहयोग गर्ने आशा राखेको भन्दै धम्कीपूर्ण भनाई सार्वजनिक गरेको थियो । 

मेक्सिकोमा दैनिक करिब आधा दर्जन उडान मार्फत आप्रवासी फर्काई रहेको अमेरिकाले मेक्सिकोका आप्रवासीहरू मेक्सिकोले स्विकार नगरेको खण्डमा कोलम्बियाका विरुद्ध गरेको जस्तै प्रतिबन्ध गर्ने धम्की दिदै आएका छन् । 

यस्तै, ब्राजिलका आप्रवासी बोकेर ब्राजिल फर्केका विमानमा अमानवीय तरिकाले आप्रवासीहरूलाई फिर्ता गरिएको भन्दै ब्राजिलले आपत्ती जनाएको थियो । 

अन्य देशमा आप्रवासीका विषयमा अमेरीकासँग मतभेद र धम्कीको श्रृङखला चल्दा भारतले भने अमेरिकामा ‘अवैध रूपमा’ बसोबास गरिरहेका भारतीय नागरिक फिर्ता गर्न तयार रहेको जनाएको छ । भारतले तत्काल करिब १८ हजार अवैध वा कागजात नभएका नागरिक फिर्ता ल्याउन ट्रम्प प्रशासनसँग काम गरिरहेको जनाइएको छ । 

अमेरिकाले एकैपटक ठुलो संख्यामा आप्रवासीहरू फिर्ता गर्न लागेको चर्चा अहिले बढी भएपनि यस अघिदेखिनै अमेरिकाले आप्रवासीहरूलाई फिर्ता गर्दै आएको थियो । आईसीईका अनुसार सन् २०२४ मा १ सय ९२ देशका २ लाख ७१ हजार ४ सय ८४ आप्रवासीहरूलाई अमेरिकाबाट देश निकाला गरिसकेको थियो । त्यसमध्ये नेपालका ५७ जना डिपोट भएका थिए भने भारतका १५ सय २९, मेक्सिकोका  ८७ हजार २ सय ९८, ग्वाटेमालाका ६६ हजार ४ सय ३५, होन्डुरसका ४५ हजार ९ सय २३ र एल साल्भाडोरका १५ हजार २ सय ८४ जना रहेका थिए । 

ट्रम्प सरकारले आप्रवासीहरूलाई जत्ति आक्रमक तरिकाले देश निकाला गर्दै छ, त्यहीगतिमा आप्रवासीहरूलाई प्रवेश बिन्दुमै बल्क गर्न लागेको छ । यसका लागि मेक्सिककोसँगको सीमामा पर्खाल लगाउने जनाएको छ । 

ट्रम्प सरकारका सीमा प्रमुख टम होमनले अनधिकृत आप्रवासीहरू अब कुनै स्कुल र चर्चमा लुक्न सम्भव नभएको भन्दै कागजातविहिनहरु कुनै पनि बेला पक्राउ पर्न सक्ने बताउँदै आएका छन् । 

ट्रम्पको यो कदमले नेपाललाई पनि धक्का चाँही पक्कै लाग्ने छ । नेपालबाट अवैध बाटो हुँदै अमेरिका जान कम्तिामा ५० लाख खर्चीएका १ हजार भन्दा धेरै नेपाली स्वदेश फर्कीदा उनीहरुको टाउकोमा रहेको आर्थिक भारले स्वयम् व्यक्ती र उनीहरुको परिवारलाई उठ्न नसक्ने गरि थिच्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको...
नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

त्रिहत्तरौँ सगरमाथा दिवसका अवसरमा यहाँस्थित नेपाली राजदूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेष्ट) एड्भेन्चर फेस्टिभल’मा आरोहीहरु सम्मानित भएको नेपाली दूतावासले जनाएको छ ।
नयाँ नीतिले जापानबाट फर्किंदैछन् हजारौँ नेपाली

नयाँ नीतिले जापानबाट फर्किंदैछन् हजारौँ नेपाली

यी कारणहरूले कति नेपाली फर्किन्छन् भन्ने यकिन नभए पनि धेरै नेपालीहरू स्वदेश फर्किन लागेका छन् । नयाँ नियम लागु भएपछि भिसा नवीकरण नभएर फर्किने नेपालीको सङ्ख्या जापानमा भएका...

भर्खरै