नेभिगेशन
सबै कुरा

कोशीमा गठबन्धनलाई कमजोर पार्ने षडयन्त्र निस्तेज पारियो : प्रधानमन्त्री प्रचण्ड

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् । आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भएको भन्दै कोशीमा उक्त षडयन्त्र निस्तेज पारिएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइदैन की भनेर एकथरी विक्षिप्त भएको जिकिर गरे । कोशीमा गठबन्धनलाइ नै विभाजन गर्ने कोसिस निस्तेज पारिएकाले अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए ।

Extreme Energy

वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । देश बाहिर रहेका नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभइ नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...