नेभिगेशन
सबै कुरा

के हो राष्ट्रिय स्वतन्त्र पार्टीले आयाेजना गरेकाे ‘नीति मन्थन’ ?

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती विज्ञसँग बहस गर्ने भएको छ । उक्त बहसलाई रास्वपाले ‘नीति मन्थन’ नाम दिएको छ । ‘नीति मन्थन’ यही असोज २९ र ३० गते नेपाल पर्यटन बाेर्डकाे सभाहलमा हुने ‘नीति मन्थन’मा ७ ओटा विषयमा मन्थन अर्थात बहस हुनेछन् । जसमा ‘शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र’, ‘शिक्षा, नयाँ प्रविधि र युवा’, ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’, ‘स्वास्थ्य र पोषण’, ‘कृषि, पर्यटन र हरित औद्योगिकरण’, ‘आर्थिक शिथिलता र अबको बाटो’, र ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र’ विषयमा सीके लाल, सञ्जीव उप्रेती, अमिना सिंह, उत्तमबाबु श्रेष्ठ ले बहस गर्नेछन् । ‘शिक्षा, नयाँ प्रविधि र युवा’ शिर्षकमा डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देलले बहस गर्नेछन् । 

Extreme Energy

‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ शिर्षकमा डा.संगिता सिंह, डा. अरविन्दकुमार मिश्र, डा. बसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले बहस गर्नेछन् ।

‘स्वास्थ्य र पोषण’ शिर्षकमा डा। सन्दुक रुइत, डा. शम्भु आचार्य, डा. किरण रेग्मी, डा. संघरत्न बज्राचार्य र डा।संगिता बस्नेतले आफ्नो धारणा राखने छन् । 

‘कृषि, पर्यटन र हरित औद्योगिकीकरण’मा चन्द्र ढकाल, पवन गोल्यान, विदुषी राणा, चन्द्र घिमिरे र दिनेश सिलवालले बहस गर्नेछन् । 

‘आर्थिक शिथिलता र अबको बाटो’ र्षिकमा बहस गर्न पार्टीले डा. युवराज खतिवडा, डा. विश्वास गौचन, मौसमी श्रेष्ठ र रामेश्वर खनाललाई निम्त्याएको छ । 

र  ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ शिर्षकमा मधुरमण आचार्य, डा। पूर्ण सिलवाल, डा। अञ्जना शाक्य, डा। निश्चलनाथ पाण्डे र विजयलाल कर्णले बहस गर्ने रास्वपाले जनाएको छ । 

पार्टीले मूल दस्तावेज निर्माणको लागि  नागरिकदेखि समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग छलफल गर्दै आएको छ । ार्टीले लिनुपर्ने नीति, विचार र कार्यक्रमबारे नागरिकको सुझाव लिन असोज ३ देखि ७ गतेसम्म पार्टीका नेता÷सांसदहरु विभिन्न जिल्लाका बिभिन्न ठाउँहरु पुगेर सुझाव संकलन गरेका थिए । र अहिले विज्ञसंग छलफल गर्ने कार्यक्र राखेको छ । जसमा ७ क्षेत्रका विषय विज्ञहरुसँग छलफल गरिने पार्टीले जनएको छ । उक्त कार्यक्रमको शुभारम्भ पार्टी सभापति रवि लामिछाने गर्नेछन् भने उद्देश्यबारे डा. स्वर्णिम वाग्लेले स्पष्ट पार्ने छन् । वाग्ले यो ‘नीति मन्थन’ कार्यक्रमको संयोजक समेत हुन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...