नेभिगेशन
सबै कुरा

के हो राष्ट्रिय स्वतन्त्र पार्टीले आयाेजना गरेकाे ‘नीति मन्थन’ ?

२८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती विज्ञसँग बहस गर्ने भएको छ । उक्त बहसलाई रास्वपाले ‘नीति मन्थन’ नाम दिएको छ । ‘नीति मन्थन’ यही असोज २९ र ३० गते नेपाल पर्यटन बाेर्डकाे सभाहलमा हुने ‘नीति मन्थन’मा ७ ओटा विषयमा मन्थन अर्थात बहस हुनेछन् । जसमा ‘शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र’, ‘शिक्षा, नयाँ प्रविधि र युवा’, ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’, ‘स्वास्थ्य र पोषण’, ‘कृषि, पर्यटन र हरित औद्योगिकरण’, ‘आर्थिक शिथिलता र अबको बाटो’, र ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र’ विषयमा सीके लाल, सञ्जीव उप्रेती, अमिना सिंह, उत्तमबाबु श्रेष्ठ ले बहस गर्नेछन् । ‘शिक्षा, नयाँ प्रविधि र युवा’ शिर्षकमा डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देलले बहस गर्नेछन् । 

Ncell
Extreme Energy

‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ शिर्षकमा डा.संगिता सिंह, डा. अरविन्दकुमार मिश्र, डा. बसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले बहस गर्नेछन् ।

‘स्वास्थ्य र पोषण’ शिर्षकमा डा। सन्दुक रुइत, डा. शम्भु आचार्य, डा. किरण रेग्मी, डा. संघरत्न बज्राचार्य र डा।संगिता बस्नेतले आफ्नो धारणा राखने छन् । 

‘कृषि, पर्यटन र हरित औद्योगिकीकरण’मा चन्द्र ढकाल, पवन गोल्यान, विदुषी राणा, चन्द्र घिमिरे र दिनेश सिलवालले बहस गर्नेछन् । 

‘आर्थिक शिथिलता र अबको बाटो’ र्षिकमा बहस गर्न पार्टीले डा. युवराज खतिवडा, डा. विश्वास गौचन, मौसमी श्रेष्ठ र रामेश्वर खनाललाई निम्त्याएको छ । 

र  ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ शिर्षकमा मधुरमण आचार्य, डा। पूर्ण सिलवाल, डा। अञ्जना शाक्य, डा। निश्चलनाथ पाण्डे र विजयलाल कर्णले बहस गर्ने रास्वपाले जनाएको छ । 

पार्टीले मूल दस्तावेज निर्माणको लागि  नागरिकदेखि समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग छलफल गर्दै आएको छ । ार्टीले लिनुपर्ने नीति, विचार र कार्यक्रमबारे नागरिकको सुझाव लिन असोज ३ देखि ७ गतेसम्म पार्टीका नेता÷सांसदहरु विभिन्न जिल्लाका बिभिन्न ठाउँहरु पुगेर सुझाव संकलन गरेका थिए । र अहिले विज्ञसंग छलफल गर्ने कार्यक्र राखेको छ । जसमा ७ क्षेत्रका विषय विज्ञहरुसँग छलफल गरिने पार्टीले जनएको छ । उक्त कार्यक्रमको शुभारम्भ पार्टी सभापति रवि लामिछाने गर्नेछन् भने उद्देश्यबारे डा. स्वर्णिम वाग्लेले स्पष्ट पार्ने छन् । वाग्ले यो ‘नीति मन्थन’ कार्यक्रमको संयोजक समेत हुन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।