नेभिगेशन
सबै कुरा

रास्वपाकाे 'नीति मन्थन' सुरु

२९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको मूल दस्तावेज निर्माणको निम्ती ‘नीति मन्थन’ काठमाडाैँमा सुरु भएकाे छ । नेपाल पर्यटन बाेर्डकाे सभाहलमा  सुरु भएकाे विज्ञसँग बहस गर्ने कार्यक्रम  'नीति मन्थन' भाेलीसम्म चल्ने छ  । रास्वपा सभापित रवि लामिछानेका अनुसार  ‘शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र’, ‘शिक्षा, नयाँ प्रविधि र युवा’, ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’, ‘स्वास्थ्य र पोषण’, ‘कृषि, पर्यटन र हरित औद्योगिकरण’, ‘आर्थिक शिथिलता र अबको बाटो’, र ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ विषयमा  विज्ञसँग बहस हुने छ ।
अहिले ‘शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र’ विषयमा सीके लाल, सञ्जीव उप्रेती, अमिना सिंह, उत्तमबाबु श्रेष्ठ ले बहस गरिरहेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आज   दिउसाे भर ‘शिक्षा, नयाँ प्रविधि र युवा’ शिर्षकमा डा. नीति अर्याल, डा. सुरेश मानन्धर, बालकृष्ण जोशी, सन्तोष पाण्डे र प्रिया सिग्देलले बहस गर्नेछन् । यस्तै आजै ‘भौतिक पूर्वाधार, वातावरण र जलवायु परिवर्तन’ शिर्षकमा डा.संगिता सिंह, डा. अरविन्दकुमार मिश्र, डा. बसन्तराज अधिकारी, शिलशिला आचार्य र भूषण तुलाधरले बहस गर्नेछन् । ‘स्वास्थ्य र पोषण’ शिर्षकमा डा। सन्दुक रुइत, डा. शम्भु आचार्य, डा. किरण रेग्मी, डा. संघरत्न बज्राचार्य र डा।संगिता बस्नेतले आफ्नो धारणा राखने छन् । ‘कृषि, पर्यटन र हरित औद्योगिकीकरण’मा चन्द्र ढकाल, पवन गोल्यान, विदुषी राणा, चन्द्र घिमिरे र दिनेश सिलवालले बहस गर्नेछन् । 

दाेस्राे  दिन‘आर्थिक शिथिलता र अबको बाटो’ र्षिकमा बहस गर्न पार्टीले डा. युवराज खतिवडा, डा. विश्वास गौचन, मौसमी श्रेष्ठ र रामेश्वर खनाललाई निम्त्याएको रास्वपाले जनाएकाे छ । 
र  ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपाल’ शिर्षकमा मधुरमण आचार्य, डा। पूर्ण सिलवाल, डा। अञ्जना शाक्य, डा। निश्चलनाथ पाण्डे र विजयलाल कर्णले बहस गर्ने रास्वपाले जनाएको छ । 
पार्टीले मूल दस्तावेज निर्माणको लागि  नागरिकदेखि समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग छलफल गर्दै आएको छ । पार्टीले लिनुपर्ने नीति, विचार र कार्यक्रमबारे नागरिकको सुझाव लिन असोज ३ देखि ७ गतेसम्म पार्टीका नेता-सांसदहरु विभिन्न जिल्लाका बिभिन्न ठाउँहरु पुगेर सुझाव संकलन गरेका थिए । र अहिले विज्ञसंग छलफल गर्ने कार्यक्र राखेको छ । जसमा ७ क्षेत्रका विषय विज्ञहरुसँग छलफल गरिने पार्टीले जनएको छ । उक्त कार्यक्रमको शुभारम्भ पार्टी सभापति रवि लामिछाने गर्नेछन् भने उद्देश्यबारे डा. स्वर्णिम वाग्लेले स्पष्ट पार्ने छन् । वाग्ले यो ‘नीति मन्थन’ कार्यक्रमको संयोजक समेत हुन् ।

  



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

रास्वपा सांसद, नेताहरुलाई रविको निर्देशनः अनावश्यकरुपमा प्रभावित क्षेत्र पुगेकाहरु तत्काल फर्किनु

लामिछानेले बाढी गएकै दिन संसदबाट कुनै पनि नेता, सांसद तथा भिआइपीहरुलाई अनावश्यकरुपमा प्रभावित क्षेत्र घुम्न नजान भनेका थिए । साथै आफू पनि अनावश्यकरुपमा नजाने, जानै परेको खण्डमा कुनै...
तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ:  गगन थापा

तीन तहका सरकारबीच समन्वय अभाव हटाऊ: गगन थापा

उनले भने– ‘तीन तहका सरकारबीच समन्वयको खाडल देखिएको छ, संघ, प्रदेश र स्थानीय सरकारका बीचमा स्पष्ट कार्यविभाजन हुनुपर्छ र एउटै टिमको रूपमा अघि बढ्नुपर्छ।’
रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रविसँग बागमतीका मुख्यमन्त्रीले भने– संघ सरकारले समन्वय नै गरेन

रास्वपा केन्द्रीय कार्यालयमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा मुख्यमन्त्री थापामगरले तीन तहका सरकारबीच समन्वय हुन नसकेको बताएका हुन् । उनले समन्वय हुन नसकेपछि प्रदेश सरकारले आफ्नै तरिकाले काम...
सरकार एक्लै अघि बढ्न खोज्योः ओली

सरकार एक्लै अघि बढ्न खोज्योः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

भर्खरै