नेभिगेशन
सबै कुरा

सुर्तिजन्य उद्योग मास्ने खेलमा स्वास्थ्य मन्त्री पौडेल, भेप र आइकसलाई बजारमा रजाँई

काठमाडौँ । पछिल्लो समय नेपालमा भेप (विद्युतीय चुरोट) को प्रयोग बढ्दो क्रममा छ । स्वदेशी कच्चा पदार्थबाट उत्पादन हुने चुरोट र खैनीको बजार प्रभावित पार्न सरकारले एक पछि अर्को कसिलो नीति अँगाल्दै गएपछि भेपका लागि नेपाली बजार थप सुरक्षित बन्दै गएको तथ्याङ्कहरूले देखाउँछ ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेपसँगै अन्य आयातित चुरोटको बजार एक पछि अर्को गरी फैलिरहेको बेला सरकारले आफ्नै राजश्वको ठूलो मध्येको एक स्रोत, स्वदेशमै रोजगारीको अवसर र लगानीसमेत निरुत्साहित हुनेगरि सुर्तिजन्य उद्योग मास्नेगरि अर्को एक निर्देशिका जारी गरेको छ । 

Ncell
Extreme Energy

चुरोट सुर्तिजन्य पदार्थमा शतप्रतिशत सचेतनामूलक सन्देश र चित्र राख्ने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  प्रदीप पौडेलले जारी गरेको सो निर्देशिकाले नेपाली चुरोट उद्योगीहरू भने मर्कामा परेका छन् । यस्तो व्यवस्थाले नेपाली उद्योगको प्रतिस्पर्धा खुम्च्याउने र लगानी नै जोखिममा पर्ने सरोकारवालाहरूले बताएका छन् । तर, सरकारले भने स्वास्थ्य सचेतना वृद्धिका लागि यस्तो निर्णय लिएको दाबी गरेको छ । 

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन मौन

के छ स्वास्थ्य मन्त्रालयको निर्देशिकामा ?

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको सुर्तिजन्य उद्योग मास्नेगरि सुर्तिजन्य पदार्थ सम्बन्धी निर्देशिका गत माघ २४ गते जारी गरेका थिए । 

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको मितिले १८० दिन पछि कार्यन्वयनमा आउँछ ।

नयाँ निर्देशिका अनुसार अब नेपालमा उत्पादन हुने चुरोट र सुर्तिजन्य पदार्थको सबै प्रकारका प्याकेटमा शतप्रतिशत जनचेतनामूलक चित्र र सन्देशमूलक सामाग्री प्रकाशित गर्नु पर्नेछ । 

जबकी यस्तो व्यवस्था संसारमा कतै पनि छैन। यसअघि २०७१ मा जारी भएको निर्देशिकामा ९० प्रतिशत भागमा यस्तो सूचना टाँस गर्नु पर्ने व्यवस्था थियो । त्यो व्यवस्था आफैँमा विश्वकै सबै भन्दा धेरै थियो । तर, त्यसलाई संशोधन गर्दै मन्त्री पौडेलले यस्तो व्यवस्था शतप्रतिशत बनाई दिएका हुन् । 

नयाँ व्यवस्थाका कारण अब चुरोट र खैनी उत्पादकले आफ्नो ब्रान्ड, नाम र लेबल समेत लेख्ने ठाउँ समेत निकै सानो रहने छ । यो व्यवस्थाले नेपाली चुरोट उत्पादकहरू मात्रै बजारमा साँघुरो प्रतिस्पर्धामा धकेलिनेछन् । किनकी उस्तै असर रहने विद्युतीय चुरोट लगायतमा यो निर्देशिकाको व्यवस्था आकर्षित हुँदैन । गैरसरकारी संस्थाको स्वार्थमा सरकारले नेपाली उद्योगलाई धराशायी बनाउन थप कडाइ गर्ने तर उस्तै प्रकृतिको आयातित अन्य वस्तुर्लाइ बजारमा खुल्लै छोड्ने व्यवस्था आत्मघाती हुने उद्योगिहरुको चिन्ता छ । 

स्वदेशी उद्योगको लगानी र रोजगारीमा असर पर्छ 

तथ्याङ्कअनुसार नेपालमा ५ वटा ठूला उद्योगहरुले चुरोटजन्य वस्तुहरु उत्पादनमा अग्रणी छन् । यसबाहेक गुट्खा र सुर्तिका अन्य धेरै साना ठूला उद्योगहरुले करोडौँ लगानी, हजारौँ रोजगारी र सरकारलाई अराबौँ राजश्व तिर्छ । तर, प्रतिस्पर्धामा स्वदेशका उद्योगलाई राज्यको दण्ड र आयातितलाई बजार खुला बनाइँदा लगानीको वातावरण बिग्रिने सुर्य नेपाल प्रालीका उपाध्यक्ष रवि केसी बताउँछन् । 

स्वास्थ्य मन्त्रालयको यो निर्देशिका कार्यन्वयनमा आएपछि नेपाली उद्योगहरुले उत्पादन गरेको सुर्तिजन्य वस्तुको खुल्ला बजार प्रतिस्पर्धा डामाडोल बन्ने उनले बताए ।

‘एक पटक सम्बद्धपक्षसँग सल्लाह समेत नगरी यो निर्देशिका ल्याईयो,’केसीले भने,‘यो राम्रो भएन, स्वास्थ्य मन्त्रीले पुर्नविचार गर्नुपर्छ ।’

लगानी, उद्योग, रोजगारी र राजश्वमा ठूलो असर पर्ने क्षेत्रलक्षित कानुन बनाउँदा सम्बद्धपक्षसँग छलफल गर्नु अपरिहार्य भएको उनको भनाई छ । निर्देशिका नसच्याए उद्योगहरुको उत्पादनको पहिचानसँगै हजारौँ रोजगारी गुम्ने, उद्योगहरु धराशायी भएर बन्द हुने, सरकारलाई वर्षिक ५ हजार करोडको राजश्व योगदानमा क्षति पुग्ने उपाध्यक्ष केसीको दाबी छ ।  

यसै क्षेत्रका अर्का एक उद्योगी स्वास्थ्य मन्त्रीले हचुवाका भरमा विश्वमै कतै नभएको नीति कार्यन्वयन घोषणा गर्दा चुरोट र सुर्तिजन्य क्षेत्रमा नयाँ उद्योग आउनै नसक्ने बताउँछन् । 

‘अब अहिले बजारमा रहेका उतपादन कै नाम राख्ने ठाउँ छैन,’ ति उद्योगी भन्छन्,‘नयाँ आउने उद्योगले आफूलाई कसरी स्थापित गर्नसक्छ ?’ 

स्वास्थ्य मन्त्रीको कदमले विदेशबाट आयात हुने यस्ता वस्तुको बजार सुनिश्चित भएको र स्वदेशी उत्पादन विस्तापित हुने भन्दै निर्देशिका कार्यन्वयन नगर्न पनी उनीहरुले माग गरेका छन् । 

विद्युतीय चुरोटको फैलदो बजार

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले ११९ किलो भेप (विद्युतीय चुरोट) खरिद गरेको छ । उक्त भेप खरिद मूल्य भन्सारबाहेक १० लाख ६४ हजार रुपैयाँ रहेको भन्सारको विवरणमा देखिन्छ । 

यो त भयो वैधानिक आयात, नेपालमा भन्सार छली र चोरी तस्करी गरेर भित्रिने विद्युतीय चुरोटको आकार यो भन्दा डर लाग्दो छ ।

गत पुस २३ गते राजश्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट ८६ हजार थान भेप बरामद गर्यो । उक्त भेप ५०१ वटा कार्टुनमा फेला परेको थियो । पुसको अन्तिम दुई सातामा मात्रै प्रहरीले बुटवलबाट २६ सय थान, पथलैयाबाट ४ हजार थान र मुस्ताङबाट १९ हजार थान भेप बरामद गर्यो । 

केहीवर्ष अघिसम्म नेपाली बजारमा भेपको प्रयोग अत्यन्तै नगन्य मात्रामा थियो । तर, पछिल्लो ५ वर्षयता भेपको आयात र प्रयोग खुलेआम भइरहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ७ हजार थान भेप आयात भएको थियो ।

आर्थिक २०७८/७९ मा २ लाख ५० हजार थान भेप नेपाल भित्रिएको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७९/०८० मा १६ करोड रुपैयाँ र २०८०/०८१ मा एक अर्ब रुपैयाँको भेप नेपाल भित्रिएको देखिन्छ । अझ शंकर ग्रुप र चौधरी समूहले त हिटनट बर्न समूहका निकोटिनयुक्त आइकस जस्ता चुरोटको खुलेआम बिक्री गरिरहेकै छन् । 

विष उत्पादन बन्द गर्दै लैजाने होः मन्त्रालय

तर, स्वास्थ्य मन्त्रालयले भने उद्योगको चासो भन्दा पनि प्रमुख कुरा जनताको स्वास्थ्य रहेको जनाएको छ । 

सुर्तिजन्य उद्योगलाई यसरी कडाइ गरिदैँ लैजानुको अर्थ विष उत्पादन गर्ने कम्पनी बन्द गर्दै लैजाने नीतिअनुसार मन्त्रालय अघि बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी बताउँछन् । ‘कर बढाएर हुन्छ वा अरु माध्यमबाट हुन्छ । हामी यस्तो प्रयोग निरुत्साहित गर्ने पक्षमा हौँ,’ प्रवक्ता बुढाथोकीले भने,‘यो विषको उत्पादन र वितरण हो नी । यसलाई सजिलै वितरण र उपभोगको अवस्था बनाउनु हुन्न ।’ मन्त्रालयले लिएको निर्णय कुनै गैरसरकारी संस्थाको लविङमा नभएको उनले दाबी गरे । 

भेप लगायतका अन्य उस्तै प्रकृतिको वस्तुलाई पोस्न यस्तो नगरिएको भन्दै प्रवक्ता बुढाथोकीले ऐन संशोधन गरेर ति वस्तुलाई पनि निर्देशिकाअनुसारको नियममा बाँध्ने उनले दाबी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...
गगनले जगाउन खोजेको कांग्रेस

गगनले जगाउन खोजेको कांग्रेस

एक वर्षको अन्तरालमा विभिन्न हण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली कांग्रेस महाधिवेशनमा प्रवेश गरेको छ ।

भर्खरै